लगातारको वर्षाले सर्वोदय मावि तलाउमा परिणत



लगातारको वर्षाले सर्वोदय मावि तलाउमा परिणत

सिसहनियाँ ४ साउन । बुधबार विहान देखि परेको अविरल वर्षाका कारण दाङको देउखुरी स्थित एक विद्यालय तालमा परिणत भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयको प्राङ्गणमा पानी जम्दा विद्यालय परिसर तलाउ जस्तै  देखिएको छ ।

विद्यालय परिसरमा नाला भए पनि बेला बखतमा नाला सफाई नहुँदा पानीको निकास बन्द भई पानी जम्ने गरेको विद्यालका प्राधानाध्यपक गोविन्दबहादुर केसीले जानकारी दिएका छन् ।

पानी निकास नहुँदा जमेको पानीमा फोहोरवस्तु  सडेर दुर्गन्ध समेत फैलिने गरेको छ । जसको कारण विद्यार्थीहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर परिरहेको छ  । भने दैनिक रूपमा विद्यार्थीहरु खेल्ने, उफ्रिने, शारीरिक व्यायम गर्ने, प्रर्थानामा विद्यार्थीहरु उपस्थित हुन नसक्ने अवस्था सिर्जना भएको विद्यालयका मावि संयोजक रामकृष्ण पौडेलले जानकारी दिएका छन् ।

वर्षातले गर्दा आवतजावत गर्न समेत असहज भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी रसिका चौधरीले बताइन्। यो समाचार निशा कुमारी चौधरी/ सिर्जना थापाले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे