लमही- भालुवाङ सडक खण्डको गोपीनाला पुलमा परेको खाडलले दिनहुँ दुर्घटना



लमही- भालुवाङ सडक खण्डको गोपीनाला पुलमा परेको खाडलले दिनहुँ दुर्घटना

भालुवाङ ४ साउन । दाङको लमही- भालुवाङ सडक खण्डको गोपीनालामा परेको ठुलो खाडलले दिनहुँ जसो दुर्घटना हुने गरेको छ ।पुलको जोइनिङ भागमा परेको खाडल बचाउन खोज्दा केही महिना अगाडी सोही नालामा तेल बोकेको ट्रक खस्यो, मानवीय क्षेती नभए पनि तेल नष्ट भयो भने ट्रकमा ठुलो क्षति पुग्यो ।

त्यस्तै मोटरसाइकल र अन्य साना सवारी साधान पनि दिनहुँ जसो दुर्घटनामा पर्ने गरेका छन् । सडकमा परेको खाडल बनाउन सडक डिभिजन कार्यालय दाङले साउन १ गते पुलको जोइनिङ भागमा डोजर लगाएर झन ठुलो खाडल बनायो । सडक भत्काउन जानेको सरकारले किन बनाउन जाँन्दैन स्थानीयले यस विषयमा प्रश्न उठाउन थालेका छन् । यसै बिच गोपीनाला पुलको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बुधबार  स्थलगत निरिक्षण गरेका छन् ।

पुल निरिक्षण पछि अध्यक्ष विष्टले सडक डिभिजन कार्यालय दाङका इन्जिनियर महेश विकलाई भत्किएको पुल यथाशीघ्र मर्मत गरि संचालन गर्न निर्देशन दिएका छन् ।  अध्यक्षको निर्देशनमा इन्जिनियर विकले पानी पर्न रोकिएमा आजै देखि नभए भोलि देखि मर्मतको काम सुरू हुने बताएका छन् ।भत्काइएको खाडलमा सांकेतिक बोर्ड वा रिवनले किन नघरेको भन्ने प्रश्नमा इन्जिनियर विकले आफूबाट कमजोरी भइ दुर्घटना बढ्न गएको स्वीकार गरेका छन् । भत्काइएको खाडल यदि समयमा मर्मत नगर्ने हो भने यसले कुनै न कुनै दिन ठुलो दुर्घटना नहोला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे