प्लाष्टिकजन्य वस्तु तथा कोल्डड्रिङस जस्ता वस्तु प्रयोग नगर्न राप्ती गाउँपालिकाको अपिल
भालुवाङ ३१ असार । दाङको राप्ती गाउँपालिकाले रवर तथा प्लास्टिकजन्य फूल, खाँदा, भाँडावर्तन, कोल्डड्रिङस, जंक फुड जस्ता वस्तु प्रयोग नगर्न नगराउन सवैमा अनुरोध गरेको छ ।
गाउँपालिकाको गत असार १९ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयलाई कार्यन्वयन गर्न र गराउन पालिकाले शुक्रबार सुचना समेत जारी गरेको छ ।
पालिकाले जारी गरेको सुचनामा गाउँपालिका क्षेत्रभित्र रहेका सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तिय संस्था लगायत पालिका भित्र कार्यक्रम सञ्चालन गर्ने संघसंस्थाले सार्वजनिक कार्यक्रम सञ्चालन गर्दा ती वस्तु प्रयोग नगर्न अपिल गरेको छ । साथै उक्त वस्तुको सट्टामा घरमा उत्पादन गरेको फूलको माला प्रयोग गर्न र पुष्प व्यवसायीलाई प्रोत्साहन भनिएको छ ।
त्यस्तै दुध जन्य पदार्थबाट बनेको परिकार जस्तै लस्सी,मिल्क सेक,महि प्रयोग गर्न भनिएको छ भने जङक फुडको सट्टा मकै, गहुँको रोटी, चना आदि प्रयोग गर्न गराउन हुन सवैमा अपिल समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालद्वारा जारी सुचनामा भनिएको छ ।