अपाङ्गता भएका व्यक्तिहरूलाई मतदाता परिचय पत्र वितरण गर्न नेत्रहिन युवा संघले सघाउदै



अपाङ्गता भएका व्यक्तिहरूलाई मतदाता परिचय पत्र वितरण गर्न  नेत्रहिन युवा संघले सघाउदै

बुटवल ३१ असार । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले आगामी संघीय सभा निर्वाचन र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर अपाङ्गता भएका व्यक्तिहरुको मतदाता परिचय पत्र वितरणमा सहजीकरण गरेको छ ।

विहिवार जिल्ला निर्वाचन कार्यालय भैरहवामा ४५ जनाको मतदाता परिचय पत्र वितरणको लागि सहजीकरण गरिएको हो । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा जिल्लामा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुलाई जिल्ला निर्वाचन कार्याल सम्म्म लगेर मतदाता परिचय पत्रको लागि सहजीकरण गरिएको अध्यक्ष टिकाराम पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार परिचय पत्र प्राप्त गर्ने ४५ जना व्यक्तिहरुमा पुर्ण अपाङ्गता भएका व्याक्ति, पुर्ण दृष्टिविहिन, न्युन दृष्टिविहिन, शाररिक, सुनाई सम्बन्धी अपाङ्गता, श्रवण दृष्टिविहिनता भएका व्याक्तिहरु रहेका छन् । मतदाता परिचय पत्र वितरणको लागि नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका प्रोमेटर लक्ष्मी जिसी, कोषाध्यक्ष कमला पौडेल सदस्य गंगा भुसाल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे