प्रदेशकाे स्थायी राजधानीका लागि राप्ती गाउँपालिकामा भाैतिक निर्माण स्थल र शिक्षालय व्यवस्थापनका बिषयमा छलफल



प्रदेशकाे स्थायी राजधानीका लागि राप्ती गाउँपालिकामा भाैतिक निर्माण स्थल र शिक्षालय व्यवस्थापनका बिषयमा छलफल

राप्ती गाउँपालिकाले मात्रै १६ सय विघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता

देउखुरी टुडेकर्मी, देउखुरी २० कात्तिक ।  लुम्बिनी प्रदेशको स्थायी राजधानीको लागि स्थान, भौतिक निर्माण स्थल तथा राप्ती प्राविधिक शिक्षालय व्यवस्थापनका बिषयमा बिहिबार देउखुरीकाे राप्ती गाउँपालिकामा ब्यापक  छलफल गरिएको छ ।

गाउँ कार्यपालिकाको बैठकले लुम्बिनी प्रदेशको स्थायी राजधानीका लागि राप्ती गाउँपालिकाको सम्पूर्ण वडा, शितगंगा र गढवा पालिका समेत निर्णय भएकोमा राप्ती गाउँपालिकाको सार्वजनिक जग्गा, वनको खाली क्षेत्र तथा नदी किनार गरी करिव १६ सय विघा जग्गा नियमानुसार उपलब्धताको लागि कार्य सुरु गर्ने गरी छलफल गरिएको गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकमा लु्म्विनी प्रदेशको प्रदेश सभा सञ्चालनका लागि राप्ती प्राविधिक शिक्षालयलाई ब्यवस्थापन गर्ने प्रदेश स्तरियमा छलफल भैरहेकोले शिक्षालयको अध्यन अध्यापनको बैकल्पिक ब्यवस्थाको लागि लालमटिया स्थित आदर्श नमूना विद्यालय, ऐरावती क्याम्पस र मौरिघाटको माध्यामिक विद्यालयको जग्गा तथा भौतिक संरचना, गढवाको सरस्वती माध्यामिक विद्यालयको शिक्षा मन्त्रालय र सीटीईभीटीले अवलोकन गर्ने बारेमा समेत जानकारी गरिएको छ ।

पछिल्लो समसामयिक विषय, कोरोना संक्रमण नियन्त्रणमा गाउँपालिका स्तरबाट भैरहेको प्रयास एवं विकास निर्मार्णको अवस्थाको वारेमा समेत बैठकका सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी गराएका थिए ।

बैठकमा गाउँपालिकामा सञ्चालन भैरहेको आर्थिक वर्ष २०७७।०७८ को आईई प्रतिवेदन स्विकृत गरी प्रचलित कानुन बमोजिम नदी जन्य पदार्थको ठेक्का, राप्ती नदी तथा पर्यावरण सरक्षण समितिको विधान तथा कार्यविधी, राप्ती कृषि बहुउद्धेश्यीय सहकारी संस्था, कृषि विकास शाखाको आर्थिक वर्ष २०७७।०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसारको क्रियाकलाप, कर्मचारीको अन्तर स्थानीयतह सरुवाको लागि सहमति, राप्ती नदी बाहेक स्थानीय नदीबाट नदिजन्य पदार्थको बिक्री वितरण शुल्क, पत्थरगढवा र दोलाई खोला पुलको ठेक्का सम्झौताको म्याद, निर्माणाधिन पुलहरुको लागि अनुगमन निरिक्षण तथा प्राविधिक सहयोगका लागि परामर्शदाता छनौट लगायतका विषयमा बैठकमा छलफल गरी निर्णय गरिएको छ ।
बैठकमा पालिकाको नियमित बैठक अन्तरगत राप्ती गाउँपालिका-१ भालुवाङ क्षेत्रमा विशेषज्ञ सुविधा सहितको अस्पताल निर्माणको लागि प्रदेश सरकार तथा केन्द्रीय सरकारसंग माग गर्ने, लक्ष्मी पुजा निर्माण सेवाले निर्माण सम्पन्न गरेको राप्ती चक्रपथको खण्डको भुक्तानी, आर्थिक वर्ष २०७६ माघ मसान्तसम्म वडा कार्यालयमा दर्ता भएका घर जग्गा अभिलेखिकरणका लागि १० दिन भित्र सम्पर्कमा आउन घरधनीहरुलाई सुचित गर्ने बिषयमा छलफल गरी निर्णय गरिएको छ ।
बैठकले शिक्षाको पछिल्लो अवस्था,र सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको पदावधी समाप्त भई हालसम्म कोभिड १९ संक्रमण लगायतका विविध कारणले गठन हुन नसकेका सन्दर्भमा विद्यालय व्यवस्थापन समितिको गठन २०७७ साल पौष मसान्त भित्र गठन गर्ने गरी कार्य अगाडि बढाउन विद्यालयहरुलाई निर्देशन दिने गरी समेत निर्णय गरिएको गाउँपालिकाका प्रबक्ता चाैधरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे