भारतमा भारी वर्षाले जनजीवन प्रभावित, गुजरातमा २४ घण्टामा ६३ जनाको मृत्यु
काठमाडौं २८ असार । भारतमा भारी वर्षाले जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको छ । बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्याएको छ । आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।
गुजरातको अम्बिका नदीमा फसेका सरकारी कर्मचारीहरुलाई हेलिकोप्टरको सहायतमा उद्धार गरिएको छ । भारी वर्षाका कारण गुजरातको भालसाड जिल्लामा सबै स्कुल र कलेजहरु पनि बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्