संखुवासभामा करेन्ट लागेर दाङको राप्ती गाउँपालिकाका एक पुरूषको मृत्यु
दाङ २७ असार । संखुवासभाको चैनपुर नगरपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका २ का २५ वर्षीय दिपक न्यौपाने रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिएका छन् । न्यौपाने वरुण हाइड्रोपावरको प्लान अपरेटर हुन्।
प्रहरी निरीक्षक बस्नेतका अनुसार न्यौपानेलाई शनिबार दिउँसो साढे ४ बजे ३३ केभी प्रसारण लाइनको पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागेको हो।
करेन्ट लागेर घाइते भएका न्यौपानेको गतराति उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्