दाङकाे तुलसीपुर बसपार्कबाट १ लाख बढी रकम सहित ७ जुवाडे पक्राउ



दाङकाे तुलसीपुर बसपार्कबाट १ लाख बढी रकम सहित ७ जुवाडे पक्राउ

तुलसीपुर १८ असार । तुलसीपुर प्रहरीले नगद रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार दिउँसो साढे ३ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क स्थित रातामाटा होटलबाट नगद एक लाख दुई हजार तीन सय पचासी रूपैँयासहित ७ जना जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा सल्यान त्रिवेणी गाउँपालिका १ घर भई हाल दाङ बबई गाउँपालिका १ बस्ने ४१ वर्षिय टोप बहादुर बोहरा, सल्यान शारदा नगरपालिका-१० घर भई हाल तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कमा कोठा भाडा लिइ बस्ने ४१ वर्षिय गुप बहादुर चलाउने, सल्यान त्रिवेणी गाउँपालिका – १ निवासी ३७ वर्षिय धर्मराज थापा र सोही ठाउँ निवासी ३६ वर्षिय गुमान सिह बुढाथोकी रहेका छन् ।

त्यस्तै सल्यान शारदा नगरपालिका-१० निवासी २६ वर्षिय दिप बहादुर चलाउने, सोही ठाउँ निवासी ३४ वर्षिय अम्मर राज खड्का र सल्यान शारदा नगरपालिका – ११ घर भई हाल तुलसीपुर उपमहानगरपालिका -५ बसपार्कमा रातामाटा होटल संचालन गर्दै आएका ३५ वर्षिय सेती राम बुढाथोकी रहेका छन् ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको कमाण्डमा खटिगएको प्रहरी टोलीले उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित रातामाटा होटलबाट पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट प्रहरीले नगद र खेली रहेको १ गड्डी तास बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे