दाङमा ग्यासको ढुवानी मुल्य बढ्यो, अब १९ सय रुपैंयाँ तिर्नुपर्ने



दाङमा ग्यासको ढुवानी मुल्य बढ्यो, अब १९ सय रुपैंयाँ तिर्नुपर्ने

 घोराही १८ असार । दाङमा ग्यासको ढुवानी मूल्य बढाईएको छ । यस अघि ग्यास डिलरबाट उपभोक्ताको घरसम्म ग्यासको सिलिण्डर पुराएको ५० लिदै आएकोमा भोलीदेखी १ सय रुपैयाँ लिईने भएको छ । दाङ देउखुरी ग्यास बिक्रेता संघको आज घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

संघका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा तथा सहसचिव लोकबहादुर वली, कोषाध्यक्ष तिलकबहादुर रोका, सदस्य गोपाल आचार्य, कोमलराज पाण्डे, शेषमणि खनाल र ग्यास बिक्रेताहरुको उपस्थितीमा बसेको बैठकले ढुवानीमा ५० रुपैयाँ बढाउने निर्णय गरेको हो ।

यसअघि ग्यास ढुवानी नूनतम ५० रुपैया लिदै आएकोमा पछिल्लो समयमा अधिकांश बस्तुमा महंगाई बढेकाले भोलिदेखि लागु हुने गरी ग्यासको ढुवानी न्यूनतम सय रुपैया लिने निर्णय गरेको छ । हाल ग्यासको बिक्री मूल्य १८ सय र ढुवानी सहित १८५० लिईदै आएकोमा भोलीदेखी ढुवानी सहित १९ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने दाङ देउखुरी ग्यास बिक्रेता संघले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे