दाङकाे राप्ती गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ६१ कराेड बढीकाे बजेट ल्याउँदै



दाङकाे राप्ती गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ६१ कराेड बढीकाे बजेट ल्याउँदै

भालुवाङ १० असार । दाङ—देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्षका लागि आज शुक्रबार ६१ कराेड बढी को बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिकाले आगामी आर्थिक २०७९-०८० को लागि ६१ कराेड करोड ५४ लाख ८४ हजार बराबरको बजेट ल्याउन लागेको गाउँपालिका सुचना अधिकारी विश्वास विकले जानकारी दिएका छन् ।

आज दिउँसो ४ वजे पालिकाको सभाहल मसुरियामा आयोजित दोस्रो गाउँसभामा आगामी आर्थिक बर्षकाे बजेट प्रस्तुत गर्न लागिएको गाउँपालिकाले जनाएकाे छ । बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाइ उच्च प्राथमिकतामा राखेर बजेट बिनियाेजन गर्न लागिएकाे समेत सुचना अधिकारी बिकले जानकारी दिएका छन् ।

यता बजेट बाँडफाँडमा वडाहरूकाे बजेट कटाैटी गरिएकाे भन्दै केही वडा अध्यक्षहरूले भने असन्तुति जनाएका छन् । बिगतका  आर्थिक बर्षहरू भन्दा पनि कम बजेट छुट्याइएकाे भन्दै केही वडा अध्यक्षहरूले असुन्तुति जनाएका हुन् । थारै बजेटले वडाबासीहरूकाे न्युनतम माग पनि सम्बाेधन गर्न नसकिने गरी बजेट छुट्याएकाे भन्दै उनीहरूले असुन्तुति जनाएका छन् ।

यस बिषयमा पालिका अध्यक्ष प्रकाश बिष्ट संग कुरा गर्दा यस बर्ष शिक्षा,  स्वास्थ्य र कृषिलाइ उच्च प्राथमिकता राखेर बजेट बाँडफाँड गर्दा  यस आर्थिक बर्षकाे बजेट वडाहरूमा कम हुन पुगेकाे बताएका छन् । वडास्तरका शिक्षा, स्वास्थ्य र कृषिलाइ समेत पालिकास्तरबाटै सम्बाेधन गर्ने गरी बजेट बाँडफाँड गर्दा वडामा अहिलेलाइ कम बजेट परेकाे हुन सक्ने बताए । तर साउनमा अल्या बाँडफाँडबाट वडाहरूमा बजेट थप गर्न सकिने अध्यक्ष बिष्टले प्रष्ट पारेका छन् । उनले अहिले नै कम बजेट पर्याे भनेर असन्तुति जनाइ हाल्नुपर्ने अवस्था समेत नरहेकाे अध्यक्ष बिष्टले बताए ।

उनले अन्तिम समय सम्म पनि वडा अध्यक्षहरू संग छलफल गरेर वडाकाे बजेट बृद्धिका लागि गृहकार्य गरिरहेकाे बताए । कहीकतै कुनै शिर्षक वा स्राेत भए सम्म वडाकाे बजेट बृद्धिका लागि गृहकार्य गरिरहेकाे छाैँ, अध्यक्ष बिष्टले भने । पालिका भित्रका अनावश्यक फजुल खर्च समेत कटाैती गर्ने गरी समेत वडाकाे बजेट बृद्धिका लागि जुटेका छाैँ, हेराैँ कुनै निकास अवश्यक निस्कन्छ,  अध्यक्ष बिष्टले भने ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे