रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी घाेषणा, चुनाव चिह्न ‘घण्टी’



रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी घाेषणा, चुनाव चिह्न ‘घण्टी’

काठमाडौं ७ असार । पूर्व सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनितिक यात्रा शुरु गरेका छन्। मंगलबार औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्। क्षमतावान व्यक्तिका लागि आफ्नो पार्टीको ढोका सदैव ढोका खुला रहेको पनि उनले स्पष्ट पारेका छन्।

‘आफ्नो नेतृत्वमा दल दर्ता गरे पनि यो पार्टी सबै जनताको हो। म सबैलाई खुला हृदयले स्वागत गर्न चाहन्छु’, उनले भने। लामिछानेले आफ्नो पार्टीको चुनाव चिह्न घण्टी रहने पनि कार्यक्रममा जानकारी दिएका छन्। आफूले प्रस्ताव गरेको चुनाव चिह्नलाई सुशासनको घण्टीको उपमा दिँदै लामिछानेले यसले भ्रष्टाचारीहरुको मनमा घण्टी बजाउने जिकिरसमेत गरे।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे