तुलसीपुरको नीति तथा कार्यक्रम, ‘एक वडा एक प्राविधिक सहित एक हजार युवालाई तुलसीपुरमै रोजगारमा जाेड



तुलसीपुरको नीति तथा कार्यक्रम, ‘एक वडा एक प्राविधिक सहित एक हजार युवालाई तुलसीपुरमै रोजगारमा जाेड

तुलसीपुर ७ असार । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषि सिँचाइ, रोजगारी, शिक्षा स्वास्थ्य र पर्यटन र विकासलाई प्राथमीक्तामा राखेर उपमहानगरपालिकाले आफ्नो कार्यक्रम सार्वजनिक गरेकोहो ।

“समृद्ध तुलसीपुर सधैका लागि, सबैका लागि”बनाउने मुल नारालाई सहित आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै नगरप्रमुख टिकाराम खड्काले .“तथ्यमा आधारीत योजना तर्जुमा को सिद्दान्तलाई आत्मसात गर्दै उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने भूगोल, समाज र अर्थतन्त्रलाई सूक्ष्म रुपमा पहिचान र दस्तावेजीकरण गर्न बृहत् वडागत प्रोफाईलिङको थालनी गर्ने, “मेरो नगर, मेरो नक्सा”भन्ने नाराका साथ उपमहानगरपालिका अन्तरगत पर्न आउने सबै प्रकारका जग्गा, वन, नदी, नाला इत्यादिहरुको सेटलाइट नक्सालाइ नापी विभागबाट उपलब्ध हुने कित्तावाल नक्सासँग गाँभेर कानूनी र प्राकृतिक नक्साको सगोल रुप एकिकृत डिजिटल नक्सा तयार पारिने र “मेरो डाँडा, मेरो डाटा, समृद्धिको मेरो खाका”भन्ने नाराका साथ चालु र भावी आर्थिक वर्षमा गरिने कृषि, सिचाई र बजारीकरणका पूर्वाधार, अनुदान उपलब्धता र योजना तर्जुमा यस प्रोफाईलिङ मार्फत उपलब्ध हुने तथ्याङ्क र नक्साका आधारमा गरिने र उक्त योजनाहरुका प्रभावकारीता अध्ययन पनि सोही प्रोफाईलिङबाट सहजीकरण हुनेगरी व्यवस्था गरिनेछ भन्ने बताए ।

त्यस्तै कृषि विद्युत मिटर प्रयोग गरि सिँचाइ गर्ने कृषकहरुलाई विद्युत महशुलमा छुट, व्यावसायिक कृषक र कृषि समूहहरुलाई प्रोत्साहन गर्न पुरस्कृत गर्नुका साथै कृषक परिचयपत्र वितरण गरिन र घर निर्माण गर्दा कौसी खेतीको संरचना बनाउन प्रोत्साहन गरिने नीति कार्यक्रम रहेको मेयर खड्काले बताए ।

त्यस्तै पशुविकास तर्फ पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन डिस्पेन्सरी सन्चालन एवं प्रयोगशालामा सुधार गरि सेवालाई निरन्तरता दिनुका साथै पशुहरुमा लाग्ने संक्रामक रोगहरु विरुद्ध खोप कार्यक्रम सञ्चालन गरिनेछ ,पशुपंक्षीको नश्ल सुधारः आम्दानी र रोजगारीको आधार’ भन्ने अभियानअन्तर्गत नश्लसुधारका लागि कृत्रिम गर्भाधारण कार्यक्रमलाई निशुल्क र प्रभावकारी बनाइनेछ ।

साथै पशु उपचारका लागि आवश्यक औषधिहरु निशुल्क रुपमा उपलब्ध गराइने , आवश्यकता अनुसार बाख्रा, बंगुर,भैंसी स्रोत केन्द्रहरु स्थापना तथा पशुपालनको पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिने । व्यवसायिक पशुपालनका लागि भकारो सुधारका साथै पशुजन्य उत्पादनको सुरक्षित भण्डारण एवं गुणस्तर कायम गरि माछामासु,दही,दुध लगायतका किसानका पशु उत्पादनलाई बजार प्रबर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।

मत्स्य विकासका लागि पोखरी विस्तार एवम् भुरा वितरण लगायतका कार्यक्रम सञ्चालन गरिनेछ। हरियो घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्न ५०% अनुदानमा बर्षे÷हिउदे घाँसको बीउ उपलब्ध गराउने कार्यक्रम ल्याइने आधुनिक बधशाला निर्माणको काम अघि बढाइने नीति तथा कार्यक्रम रहेको छ ।
त्यस्तै उद्योग व्यवसाय, रोजगारी, गरिवी निवारण अन्र्तगत लघु तथा साना उद्यम व्यवसाय, कृषि तथा पशुसेवा सम्बन्धि कुनै पनि व्यवसाय दर्ता गर्र्दा सहुलियत प्रदान गरिन, महिला, दलित,अल्पसङख्यक, अपाङ्गता भएका व्यक्ति, सहिद तथा जनआन्दोलनका घाइते परिवार, विदेशबाट फर्किएर स्थानीय स्तरमा कुनै व्यवसाय दर्ता गरी सञ्चालन गर्न चाहेमा सहुलियत प्रदान गरिने नीति ल्याएको छ ।
ग्रामिण क्षेत्रमा स्थापना हुने उद्योगहरुलाई व्यवसाय करमा ५०% छुट दिईने उद्योग व्यवसाय प्रवर्धनका लागि युवाहरुको आकर्षण बनाउन विषेश कार्यक्रम ल्याईनेछ। त्यसैगरि उपमहानगरपालिकाभित्र रहेका सरकारी तथा नीजी बैंक तथा वित्तिय संस्थाहरुसँग आवश्यक समन्वय गरी कृषि, पर्यटन, उद्योग तथा व्यवसायमा लगानी गर्न प्रोत्साहित गरिने “मेयर उद्यमी कर्जा कार्यक्रम” मार्फतवित्तीय संस्थासँग कोष साझेदारी गरी उद्यमका लागि कर्जा उपलब्ध गराउने नीति सार्वजननिक भएको छ ।

सहकारी संघ संस्थालाई कृषि तथा पशुपन्छीजन्य उत्पादनको प्रशोधन गरी मूल्यश्रृखला विकास गर्न, ती उत्पादनको उचित मूल्य र बजार व्यवस्थापनका कृषि बजार स्थापना गर्न, र जग्गा चक्लाबन्दी, करार खेती, सामुहिक खेती, कृषि सामाग्री बिक्री पसल, पशुपालन एवं संरक्षण, माछापालन, प्रशोधनयुक्त उद्योग, डेरी सञ्चालन गर्नका लागि सहकारी संस्थाहरुको अवस्था मूल्यांकनको आधारमा प्राथमिक चरणमा चयन गरी उपमहानगरपालिकाबाट विषेश प्रोत्साहन गरिनेछ। पर्यटन तर्फ प्रवद्र्धन गर्न “घुम्न जाउँ तुलसीपुर” अभियानलाई निरन्तरता दिदै परम्परागत कला, संस्कृति र पर्यटनको संरक्षण र विकास कार्य गरिने छ।

पर्यटकीय स्थलसम्म पुग्न सडकको स्तरोन्नती तथा पदमार्गहरु निर्माण, थर्काेट, सुईकोट, छिल्लीकोट, चमेरे गुफा,जन्तिढुङ्गा लगायतमा पर्यटन मार्ग निर्माण गरिने राप्ती शान्ति उद्यानलगायतका पार्क, बगैचा ताल, दहहरुको संरक्षण सम्बद्र्धन र निर्माण तथा बिस्तारकोे कार्यलाई निरन्तरता दिइने मेयर खड्काले बताए ।

शिक्षा तर्फ तुलसीपुर मेट्रो कलेजमा लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा स्नातक र स्नातकोत्तर तहमा प्राविधिक विषयको पठनपाठन सुरुवात् गरिने, नेपाल संस्कृत विश्वविद्यालय ,तुलसीपुर बहुप्राविधिक शिक्षालय, राप्ती बबई बहुमुखी क्याम्पस, जनता विद्यापिठ क्याम्पस, सबै विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार सुधार गर्न शैक्षिक सुधार रणनीति तथा कार्य योजनालाई निरन्तरता दिने नगर भित्र रहेका सामुदायिक विद्यालयहरुलाई नमुना बनाउनका लागि पाइलटिङको रुपमा वडामा एक एक वटा तहगत नमुना विद्यालयको विकास गरिने र प्राविधिक शिक्षा र उच्च शिक्षामा सामुदायिक विद्यालयबाट सामुदायिक तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने छात्रा, दलित, आदिवासी, जनजाति, सहिद परिवार, जनआन्दोलनका घाइते परिवारकालाई निःशुल्क अध्ययन अध्यापन गर्न मेयर छात्रवृित्त कार्यक्रम प्रदान गरिने नीति अगाडि सारेको छ ।

स्वास्थ्यमा तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरी सञ्चालनमा ल्याएको १५ शैयाको तुलसीपुर भिमसेन मेट्रो अस्पताललाई स्तरोन्नती गरि गुणस्तरीय र सर्वसुलभ उपचारात्मक तथा निदानात्मक सेवा लगायत विशिष्ट सेवाहरु सञ्चालन गरिने ,अस्पतालमा न्यूनतम शुल्कमा उपचारको व्यवस्था मिलाइने साथै अन्य क्षेत्रमा पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याइनेछ ।

८०.तुलसीपुर भिमसेन मेट्रो अस्पताललाई नागरिक स्वास्थ्य विमा कार्यक्रम सञ्चालन केन्द्रको रुपमा विकास गरिनेछ। अस्पतालमा नागरिकलाई सहज सुपथ मूल्यमा सदस्यतामा आधारित जनरल हेल्थ सर्भिस प्याकेज सेवा लागु गरिने नीति रहेको छ ।
पालिकामा विभिन्न स्थानहरुमा त्रैमासिक रुपमा एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ भने पालिकालाई निशूल्क शल्यक्रियाका माध्यमबाट एक वर्ष भित्र मोतिबिन्दुमुक्त समाजको रुपमा रुपान्तरण गरिने कार्यक्रम रहेको छ । त्यस्तै एक घर, एक धारा अभियानलाई सफल पार्न नगरका सबै घरधुरीमा शुद्ध र गुणस्तरीय खाने पानी पु¥याउने अभियानलाई निरन्तरता दिईने, नगर क्षेत्रका खानेपानीका मुहानहरुको पहिचान, संरक्षण र व्यवस्थापन गरिने नीति सार्वजनिक भएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकालाई बालश्रममुक्त, सडक बालबालिका र सडक मानवमुक्त नगर स्थापना कार्यलाई निरन्तरता दिइनेछ ।असहाय, अनाथ, बेवारीसे बालबालिकाहरुको संरक्षण तथा विषेश सुरक्षा प्रदान गर्न संघ, प्रदेश र गैर सरकारी क्षेत्र समेतको सहभागिता, समन्वय र सहकार्यलाई निरन्तरता दिदै उपमहानगरपालिका क्षेत्रभित्रका अनाथ बालबालिकालाई “उपमेयर बाल संरक्षण गृह” को निर्माण गरी अथवा सार्वजनिक विद्यालयमा उपलब्ध संरचनाको उपयोग गरी निशुल्क आवासको व्यवस्था गरिने आदिवासी, जनजाति, दलित र अल्पसंख्यक समुदायले पुरातन कालदेखि गर्दै आएको पेशालाई आधुनीकीकरण, व्यवसायीकरण र प्रविधि हस्तान्तरण गर्दै उद्यमशील बनाई संरक्षण गरिने नीति ल्याएको छ ।

युवा तथा खेलकुद तर्फ स्वरोजगार कार्यक्रम मार्फत विदेश पलायन हुने युवाहरुलाई स्थानीयस्तरमै रोजगारका अवसर सिर्जना गरिने र युवा उद्यमशीलताका लागि तालिम, व्यावसायिक तथा सीपमुलक शिक्षा, ईन्टर्नशीप, स्टार्टप, युवा केन्द्रित बीउ पुँजीको व्यवस्था गरी करीब १००० युवाहरुलाई तुलसीपुरमै रोजगारीको अवसर सृजना गरिने प्रबन्ध गरिन नीति तथा कार्यक्रममा उल्लेख छ । सडक, पुल, यातायात.उपमहानगरपालिका भित्र निर्माण गरिने सबै सडकहरुलाई सहरी र ग्रामिण सडक जस्ता वर्गहरुमा मानकीकरण गर्ने र लगतकट्टा गरी मात्र सडक निर्माण गर्ने गरि सडक सम्बन्धी राष्ट्रिय मापदण्ड अनुसार सडक गुरुयोजना तर्जुमा गरिनेछ।उक्त गुरुयोजनाको आधारमा चौडाइ अनुसारका पुल,कल्भर्टनिर्माण, ह्युमपाईप बिस्तार, बाटोको ग्राभेल लगायत स्तरोन्नति गरिनेछ ।

तुलसीपुर चक्रपथलाई गौरवको योजनामा सामबेश गरी निर्माण कार्यलाई निरन्तरता दिईनेछ । त्यस्तै पानी भण्डारण क्षमता बृद्धि गरी पानीका स्रोत संरक्षण गर्दै खेतीयोग्य जमिनमा सिचाई सुविधा बिस्तार,आवश्यकता र क्षमता पहिचान गरी खोलाहरुमा हार्भेष्टिङ ड्याम तथा हाईड्याम निर्माण गरी सिचाई सुविधाको व्यवस्था र परम्परागत पोखरीहरुको संरक्षण तथा विस्तार गरिनेछ । जसमध्ये गौरीगाँउ ताललाई नमुना पोखरीको रुपमा विकास गर्न बोरीङ वा लिफ्टद्ववारा पानी संकलनगरी नहर वा भूमिगत पाईप सिचाइ द्वारा सिचाईगरि पर्यापर्यटनको विकास गरिनेछ ।

दाङ जिल्ला, कर्णाली तथा लुम्बिनी प्रदेशका पालिकाहरुको समन्वयमा संघ तथा प्रदेश सरकार, सहकारी, निजी क्षेत्र र समुदायको सहकार्यमा दीर्घकालीन योजनाको रुपमासुविधा सम्पन्न मिडिसीटी (स्मार्ट सिटी, मेडिकल कलेज, अस्पताल, पार्क) निर्माणमा सहकार्य गरिने नीति कार्यक्रम सार्वजनिक भएको छ ।

त्यस्तै एक सामुदायिक वन, एक वनउद्यान, एक पानी पोखरी” अभियान सञ्चालन गरी पर्यापर्यटनमा टेवापुग्ने काम गरिन र ेसडक, नदी, किनारा, सार्वजनिक स्थान र प्रत्येक निजी घरधनीले वार्षिकरुपमा कम्तीमा एक विरुवारोपण कार्यलाई प्रवद्र्धन गर्दै “पालिका हरियाली कार्यक्रम” सञ्चालन गरिन नीति सार्वजनि गरिएको छ । नगरको फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्न स्थायी ल्याण्डफिल साइटको व्यवस्था गर्न पहल गरिनेछ। अस्थाई ल्याण्डफिल्लिङ साईडलाई थप व्यवस्थित गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे