राप्ती गाउँपालिकाले खोजमुलक पत्रकारिता गर्ने सञ्चारकर्मीलाई वार्षिक रूपमा पुरस्कृत गर्ने



राप्ती गाउँपालिकाले खोजमुलक पत्रकारिता गर्ने सञ्चारकर्मीलाई वार्षिक रूपमा पुरस्कृत गर्ने

भालुवाङ ७ असार । दाङको राप्ती गाउँपालिकाले खोजमूलक पत्रकारिता गर्ने सफल स्थानीय सञ्चारकर्मीहरुलाई वार्षिक रुपमा पुरस्कृत गर्ने भएको छ ।

गाउँपालिकाको सोमबार दोस्रो गाउँसभाको पहिलो अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सो कुरा बताएका हुन् ।

केही दिन अघि राप्ती प्रेस मञ्चले १९ बुंदे माग पत्र पेश गरेकोमा केही बुंदालाई गाउँपालिकाले सम्बोधन गरेको छ । गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरिएकाे नीति तथा कार्यक्रम विकासका लागि सञ्चार” भन्ने मान्यतालाई आत्मसात् गर्दै पालिका क्षेत्रमा रहेका सञ्चार गृहको विकास र प्रवद्धनका लागि समावेशी विज्ञापन प्रणाली लागु गर्ने भएको छ ।

त्यस्तै स्थानीय सञ्चारकर्मीहरुको क्षमता विकासका लागि तालिम,गोष्ठी, लेखनवृत्ति तथा अध्ययन छात्रवृत्ति उपलब्ध गराउने

‍‍‍‍‍‍‍‍‌कार्यालयलाई प्रविधिमैत्री बनाउनुका साथै गाउँपालिकाको निश्चित क्षेत्रलाई फ्रि वाईफाई जोन (free wifi zone) बनाउन आवश्यक कार्य थालनी गर्ने, गाउँपालिका र वरपरका क्षेत्र, सबै माध्यमिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे