देउखुरीको मौरीघाटमा भारतीय कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते



देउखुरीको मौरीघाटमा भारतीय कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

भालुवाङ ६ असार । दाङको देउखुरीमा कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । सोमवार दिउँसो ३ः१५ बजेको समयमा लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको यु.के ०३ A ९४३३ नम्बरको भारतीय कारले पश्चिमबाट पुर्व जाँदै गरेको भे १० प २५२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बाँके जिल्ला चिसापानी १ बस्ने मोटरसाइकल चालक वर्ष ३६ का सुरेश पुन मगर गम्भीर घाइते भएका छन् ।

घाइते पुनको अनुहार र खुट्टामा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । घाइते मगरको विष्ट स्वास्थ्य पोलिक्लिनीकमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा पठाइएको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे