झापाकाे रतुवा खोलामा बाढी आउँदा १३ परिवार विस्थापित, २५ घर डुबानमा



झापाकाे रतुवा खोलामा बाढी आउँदा १३ परिवार विस्थापित, २५ घर डुबानमा

झापा ६ असार । झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ परिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेका छन् ।दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गर्दा १३ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

विस्थापित हुनेमा दमक–७ का खड्ग लिम्बु, राजेश किस्कु, विष्णु लिम्बु, मनोज मास्के, सुवास लिम्बु, भारती तामाङ, रामकुमारी लावती, लाक्पा शेर्पा, गोमा तामाङ, डिकबहादुर गुरुङ, सूर्यमान आचार्य, दीपक गुरुङ र विमल किस्कुको परिवार रहेको छ । उनीहरुको घरमा क्षति पुगेकाले नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी सुरक्षित ठाउँ र आफन्तको घरमा सारिएको प्रहरी प्रवक्ता पाठकले जानकारी दिए ।

यस्तै, रतुवा खोलामा आएको बाढीकै कारण गौरादह नगरपालिका–६ मा रहेको टङ्गुवा बस्तीमा पानी पसेको छ । त्यहाँका २५ घर डुबानमा परेका छन् । बस्तीमा झन्डै दुई फिट पानी पसे पनि अन्य क्षति नभएको र पानीको सतह बिस्तारै घट्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे