प्रजातान्त्रिक उद्यमी संघको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा केसी चयन



प्रजातान्त्रिक उद्यमी संघको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा केसी चयन

दाङ ५ असार । दाङमा प्रजातान्त्रिक उद्यमी संघको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । संघको आयोजनामा आज शनिबार घोराहीमा एक कार्यक्रमकाबीच सो अधिवेशन सम्पन्न भएको हो ।

अधिबेशन बाट मानु केसीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मच चयन भएकाे  छ । जसकाे उधोग उपाध्यक्षमा छविनारायण गिरी, बाणिज्य उपाध्यक्षमा तेजबहादुर पौडेल, महासचिवमा श्रीधर धिताल, सचिबमा लिलाराम खड्का, कोषाध्यक्षमा ऋषि पोख्रेल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै  सदस्यहरुमा पदम नेपाली, धानेस्वर बुढा, युबराज पोख्रेल, हेमन्तकुमार रेग्मी, हिमाल महरा, मुक्तिराम खनाल र बिनोद डांगी चयन भएका छन् ।

त्यसैगरी संगठन बिभाग प्रमुखमा प्रकास भट्ट, सूचना, सन्चार तथा प्रचार बिभाग प्रमुखमा सुनिल गुप्ता, आर्थिक बिभाग प्रमुखमा प्रेमबहादुर डांगी, प्रशिक्षण बिभाग प्रमुखमा शंकर सिंह चयन भएका छन् ।

प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष गुरुप्रसाद कडेलको अध्यक्षता एवं लुम्बिनी प्रदेश जलश्रोत राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।  साधारणसभामा संघका कोषध्यक्ष भुबन पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी , सल्लाहकार श्यामप्रकाश सुबेदी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय शभापती भिमप्रकाश खड्काले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै अधिवेशनको पहिलो बैठकले सल्लाहकार समिति चयन गरेको छ । जसमा भुपबहादुर डांगी, श्यामप्रसाद सुवेदी, खड्कबहादुर बुढाथोकी, बसन्त जोशी, भिम प्रकाश खड्का , संकर डांगी, प्रकस श्रेष्ठ, तिलक रावतलाई संघले सल्लाहकारमा चयन गरेको हो ।

संघका उपाध्यक्ष मधुसूदन अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव सुशीला प्राकश आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे