सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते



सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

तुलसीपुर,५ असार । सल्यानमा जन्ती बोकेको जीप पल्टिदा एक जनाको मृत्यु भएको छ भने ५  जना घाइते भएका छन् । मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका–४ निबासी ३२ बर्षका मोतिलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सुमित खड्काले जानकारी दिए ।

त्यसैगरी घाइते हुनेमा सोही ठाउँ निबासी ५७ बर्षका मने बुढा, बर्ष ५९ का सहदेव बुढा, बर्ष ५० का चित्रबहादुर बुढा, बर्ष १० की हरिमाया बुढाथोकी, र बर्ष १५ का गोपाल बुढा रहेका छन् । देउलीबाट डोक्चे तर्फ जाँदै गरेको भे १ज १०११ नम्बरको जीप अनियन्त्रत भएर शनिबार राति ८ बजे मुरेल खोलामा पल्टिएको डिएसपी खड्काले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे