नेपाल—भारत मैत्री संघको सहकार्यमा भारत संग धेरै सहयोग ल्याएर राप्तीकाे विकास गर्न सकिन्छ : बिष्ट



नेपाल—भारत मैत्री संघको सहकार्यमा भारत संग धेरै सहयोग ल्याएर राप्तीकाे विकास गर्न सकिन्छ : बिष्ट

भालुवाङ ४ असार । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिकामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि नेपाल—भारत मैत्री संघ मार्फत छिमेकीमूलक भारतबाट धेरै सहयोग भित्र्याउन सकिने बताएका छन् ।

 

नेपाल भारत मैत्री संघ उपशाखा भालुवाङले आज शनिबार होटेल पौवा भालुवाङमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले यस्तो कुरा बताएका हुन् ।

उनले मैत्री संघ मार्फत भारतबाट सिधै ठुला विकासका आयोजनाहरु ल्याउने सकिने बताउनु भयो । जुन विकास आयोजनाले यस क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास समेत व्यक्त गरे ।

अध्यक्ष बिष्टले अब मैत्री संघ मार्फत राप्तीमा ठुला हस्पिटल, कलेजहरु सञ्चालनका लागि सहयोग भित्र्याउन मैत्री संघलाई आग्रह गरे । उनले मैत्री संघ मार्फत नेपालको विकास र समृद्धि जोडिएको भन्दै आफ्नो कार्यकालमा मैत्री संघ संग समन्वय गरेर काम गर्न तयार रहेको प्रतिबद्धता समेत जनाए ।

 

संघका उपशाखा अध्यक्ष टोपबहादुर कार्कीको अध्यक्षता एवम् संघको जिल्ला उपाध्यक्ष बसन्तराज घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नवनिर्वार्चित जनप्रतिनिधिहरुलाई टिका, फूलमाला लगाएर स्वागत गरिएको थियो ।

 

संघका सह-सचिव केशवराज आचार्यको स्वागत तथा बिषय प्रवेशबाट शुरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, संघका भालुवाङ उपशाखा उपाध्यक्ष किरण भण्डारी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका भालुवाङ उपशाखा सचिव अरूणनारायण तिवारीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे