ऐरावती क्याम्पसमा सञ्चालित कार्यक्रम उत्पादन, व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न



ऐरावती क्याम्पसमा सञ्चालित कार्यक्रम उत्पादन, व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

भालुवाङ ३ असार । ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ लालमटियामा सञ्चालित २ दिने उत्पादन, व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ ।

विद्यार्थी कल्याणकारी समितिको आयोजनामा तालिम सम्पन्न भएको हो । समितिका अध्यक्ष धुव्र बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी ( अनुप )को प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चाैधरीले २ दिन सम्म सिकेको सिपलाई पुर्णरूपमा व्यवहारमा लागू गर्न सुझाव दिएका छन् ।

अधिकाशं तालिमहरू तालिममै मात्र सिमित हुने गरेको भन्दै त्यसलाई सिपमा रूपान्तर गर्न आग्रह गरेका छन् । कार्यक्रममा ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विष्णुप्रसाद भुसाल, प्रमुख प्रशिक्षक दशरथ घिमिरे, सहभागीको तर्फबाट प्रकाश जेठारा, पुष्पाञ्जली गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


४० जना  विद्यार्थीहरूको सहभागीता रहेको तालिमको प्रशिक्षकमा पत्रकार दशरथ घिमिरे, ओमप्रकाश गुप्ता, सन्तोषकुमार गुप्ता, क्याम्पसका साहायक प्रमुख विक्रान्त ज्ञवाली, प्रध्यापक  रामकृष्ण पाैडेल रहेका थिए । विद्यार्थी बिरेन्द्र गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन विद्यार्थी टिकाराम राउतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे