एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे गृह र कानुनमन्त्री
काठमाडौं ३ असार । गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द बन्दी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट दुई मन्त्री एमाले अध्यक्ष ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।
मुलुकको पछिल्लो समय मन्त्रीहरुको अराजकता बढेको र बिदेश नीतिमै गम्भीर बिचलन आएको भन्दै कडा रुपमा एमाले प्रस्तुत भएपछि प्रधानमन्त्री देउवाले आफ्नो प्रतिनिधिका रुपमा मन्त्री खाण र बन्दी पठाएका हुन्।
प्रतिक्रिया दिनुहोस्