राप्तीको ३ नम्बर वडामा १० घर परिवारलाई ३० बण्डल कर्कटपाता वितरण



राप्तीको ३ नम्बर वडामा १० घर परिवारलाई ३० बण्डल कर्कटपाता वितरण

भालुवाङ २ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ ले विहिवार वडाका अतिविपन्न, गरिव १० घर परिवारलाई कर्कटपाता वितरण गरेको छ ।

वडा कार्यालयको ५ लाख बजेटबाट प्रति घर ५० हजारका दरले १० घरपरिवारलाई ३० बण्डल कर्कटपाता प्रदान गरेको वडा सचिव दामोदर पोख्रेलले जानकारी दिएका छन् ।

कच्ची घर भएका पानी चुहिने र घर बनाउन नसक्ने अति विपन्न परिवारलाई राहत स्वरूप सो कर्कटपाता वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष शान्त प्रसाद चाैधरीले सामुहिक रूपमा सो कर्कटपाता वितरण गरेका हुन् । कर्कटपाता पाए पछि उनीहरू समेत खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे