गुणस्तरीय शिक्षाको विकास भए मात्र समाज र देशकाे विकास सम्भव हुन्छ : अध्यक्ष विष्ट



गुणस्तरीय शिक्षाको विकास भए मात्र समाज र देशकाे विकास सम्भव हुन्छ : अध्यक्ष विष्ट

भालुवाङ २८ जेठ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले गुणस्तरीय शिक्षाको विकास भए मात्र समाज र देशकाे विकास सम्भव हुने बताएका छन् नेकपा (माओवादी) केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाले आयाेजना गरेकाे नव निर्वाचित जनप्रतिनिधिहरु लाई बधाई तथा स्वागत कार्यक्रममा साे कुरा बताएका हुन् ।

साथै उनले राप्ती गाउँपालिकामा अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्न सक्ने प्रविधियुक्त शिक्षा लागु गर्नका लागि विभिन्न शिक्षाविद्हरु सँग छलफल भैरहेको र साे काे लागि प्रदेश तथा संघीय सरकार सँग आवश्यक सहयाेग माग गर्ने बताए।

कार्यक्रमकाे बिशिष्ट अथितिको आसनबाट बोल्दै अध्यक्ष विष्टले संविधानमा व्यवस्था भएको कक्षा १०सम्मकाे निशुल्क शिक्षा लाई यस गाउँपालिकामा कार्यान्वयन गर्न लागिएको बताए । उनले शिक्षक व्यवस्थापन संगै विद्यालयकाे भाैतिक अवस्थालाई सुधार गर्न आगमी आर्थिक वर्षमा अधिक्तम बजेट विनियोजन गरिने समेत बताए ।

संगठनका अध्यक्ष कृष्णबहादुर बुढा मगरकाे अध्यक्षता तथा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष श्यामेस चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष, सामाजिक विकास समिति संयाेजक तथा गाउँपालिकाका प्रवक्ता पहलमान चैधरी, जिल्ला समन्वयन समिति सदस्य द्राेपता चाैधरी, वडा सदस्यहरु बिष्णु पाेख्रेल, शान्त प्रसाद चाैधरी, तुलसा विक, कार्यपालिका सदस्य रण बहादुर पुजाली लगाएतले आ-आफ्नाे भनाइहरु राखेका थिए भने कार्यक्रमकाे सञ्चालन संगठनका सचिव गाेविन्द चाैधरीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे