राज्यले सबै धर्मलाई एउटै आँखाले हेर्नुपर्छ : अध्यक्ष बिष्ट



राज्यले सबै धर्मलाई एउटै आँखाले हेर्नुपर्छ : अध्यक्ष बिष्ट

भालुबाङ २८ जेठ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले नेपाल रहेका सवै धर्मलाई एउटै आखाले हेर्नुपर्ने बताएका छन् । राप्ती गाउँपालिका इसाईको समुदायले शनिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सो कुरा बताएका हुन् ।
इसाई समुदाय राप्ती गाउँपालिका अध्यक्ष राजन रायमाझीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि आसनबाट बोल्दै अध्यक्ष बिष्टले सबै जातजाति, धर्म, समुदाय मिलेर राप्ती गाउँपालिकालाई नेपालकै नमुना गाउँपालिका बनाउन लाग्नु पर्ने पनि बताए । उनले पहिलो बजेट स्वास्थ्य, शिक्षा र कृषिलाई प्रथामिकतामा राखी निर्माण गर्ने बताउदै अरु सवै बिकास क्रमश गर्दै जाने बताएका थिए ।
कार्यक्रममा उपाध्यक्ष कमलापती चौधरी, वडा नम्बर २ का अध्यक्ष पहलमान चौधरी, वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरी, वडा नम्बर ५ का अध्यक्ष बेदप्रसाद चौधरी, वडा नम्बर ८ का अध्यक्ष चन्द गुरुङ लगायतले मन्तव्य राखेका थिए ।                                   राष्ट्रिय गीत बजाएर सुरु भएको कार्यक्रममा आफ्नो समुदायले भोग्नु परेको पीडा र आफ्ना माग निर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरु सङ राखेका थिए । इसाई समुदाय राप्ती गाउँपालिका सह-सचिव निमा थापाले स्वागत मन्तव्य बाट स्वागत गरेकाे कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाइ फुलमाला लगाएर स्वागत गरिएको थियो ।
राप्ती गाउँपालिका भित्र रहेका चर्चको गतिविधि पास्टर जय प्रकाश घर्तीले राखेका थिए । २९ वडा चर्च रहेको राप्ती गाउँपालिकामा एक हजार चारसय एघार जना सदस्य रहेको उक्त कार्यक्रम जानकारी गराइएको थियो । कार्यक्रमको संचालन सचिब निसु चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे