राप्तीमा प्रेस चाैतारी नेपाल दाङको पहिलो घुम्ती बैठक सम्पन्न



राप्तीमा प्रेस चाैतारी नेपाल दाङको पहिलो घुम्ती बैठक सम्पन्न

भालुवाङ २८ जेठ । राप्ती गाउँपालिकामा शनिबार प्रेस चाैतारी नेपालको पहिलो घुम्ती बैठक सम्पन्न भएको छ ।

चाैतारीका दाङ जिल्ला अध्यक्ष इन्द्र डिसीको अध्यक्षता एवम् चाैतारीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज टीका बस्नेतको प्रमुख आतिथ्यतामा बसेको बैठकले हालै सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनको समीक्षा गरेको छ ।

निर्वाचनमा विजय भएका उम्मेदवारलाई बधाई दिदै पराजय भएकाे पालिकामा थप सुधार गर्न र संगठनलाई बलियो बनाउनु पर्ने निर्णय गर्दै आगामी प्रदेश र संघिय निर्वाचनमा  एमालेका उम्मेदवारलाई विजय बनाउन चाैतारीले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

त्यस्तै बैठकले प्रेस चाैतारी नेपाल राप्ती गाउँपालिकाको रिक्त अध्यक्ष पदमा हुमा सुनारलाई चयन गरेको छ । अध्यक्ष अंशु बोहरा वैवाहिक बन्धनमा बाँधिएर जिल्ला बाहिर गएपछि रिक्त रहेको अध्यक्ष पदमा सुनारलाई चयन गरेको हो ।

यस्तै प्रेस चाैतारी दाङले स्थानीय तह सदस्य निर्वाचनमा देउखुरी क्षेत्रका निर्वाचित सुर्यध्वजा वाहक जनप्रतिनिधिहरूलाई शनिबार राप्ती गाउँपालिका ३ मसुरीयामा स्वागत तथा सम्मान गरेको छ ।

एमालेबाट निर्वाचित राप्ती, गढवा र राजपुरका जनप्रतिनिधिहरूलाई टीका र खाँदा लगाएर चाैतारीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज टीका बस्नेतले स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चाैधरी, गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारी, नेकपा एमाले राप्तीका इन्चार्ज हरि बेल्वासे, केन्द्रीय सदस्य सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

चाैतारीका दाङ जिल्ला सहसचिव  चन्द्रप्रकाश नेपालीले धन्यवाद र उपाध्यक्ष प्रेम राम्जाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव किरण गाैतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे