महिलाहिंसा अन्त्यका लागि घरेलु मदिरामुक्त पालिका बनाउनेछु : अध्यक्ष बिष्ट



महिलाहिंसा अन्त्यका लागि घरेलु मदिरामुक्त पालिका बनाउनेछु : अध्यक्ष बिष्ट

मसुरिया ११ जेठ । राप्ती गाउँपालिकाका नवनिर्वार्चित अध्यक्ष प्रकाश बिष्टले घरेलु हिंसाको मुख्य जड घरेलु मदिरा भएकोले मदिरामुक्त पालिका बनाउने बताए ।  उनले घरेलु मदिरा नियन्त्रणले मात्र महिलाहिंसा केहीहद सम्म अन्त्य हुने बताए । भिकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्था मसुरियाले बुधबार आफ्नो सभाहल मसुरियामा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागतमा बोल्दै नवनिर्वाचित अध्यक्ष बिष्टले सो कुरा बताए ।

उनले पालिकास्तरमै महिलाहिंसा र घरेलु मदिरा नियन्त्रणका लागि बिशेष कानुन बनाएर घरेलु तथा महिला हिंसा सम्बन्धी तालिम प्रदान गरी महिलाहरुलाई शसक्त बनाउने बताए ।

संस्थाकी अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका नवनिर्वार्चित अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यता एवम् नवनिर्वाचित उपाध्यक्ष कमलापति चौधरीको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा संस्थाले नवनिर्वार्चित पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई अक्षता टिका, खाँदा र फूल दिएर स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

नवनिर्वाचित वडा अध्यक्षहरु १ नम्बर वडा अध्यक्ष गेमबहादुर खड्का, २ का अध्यक्ष पहलवान चौधरी, ३ का वडा अध्यक्ष उमेश अधिकारी, ४ का वडा अध्यक्ष बिरबहादुर चौधरी, ६ का वडा अध्यक्ष दिपककुमार चौधरी, ९ का वडा अध्यक्ष रिमबहादुर सुनारीमगर, कार्यपालिका सदस्यहरु चम्फा भुसाल, इश्वरी परियार र तुलसा नेपाली लगायतको उपस्थिती रहेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक परमेश्वरी ज्ञवालीलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे