दाङका जनप्रतिनिधिले लिए पथ तथा गोपनियताको सपथ ग्रहण



दाङका जनप्रतिनिधिले लिए पथ तथा गोपनियताको सपथ ग्रहण

दाङ ६ जेठ । स्थानीय तह निर्वाचन दाङ २०७९ अन्तर्गत दाङका दश पालिकाहरु मध्य नौ पालिकाहरुमा निर्वाचित जनप्रतिनिधिहरुले सपथग्रहण गरेका छन् ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका बाहेकका अन्य नौ पालिका प्रमुखहरुमा निर्वाचित जनप्रतिनिधिहरुले शुक्रवार घोराहीमा सामुहिक रुपमा पद तथा गोपनियताको सपथग्रहण गरेका हुन ।

निर्वाचित पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत एवं दाङ जिल्ला अदालतका न्यायाधिश रितेन्द्र थापाले सपथग्रहण गराएका थिए ।

उनले घोराही उपमहानगरपालिका प्रमुखमा निर्वाचित नरुलाल चौधरी, लमही नगरपालिका प्रमुखमा निर्वाचित जोगराज चौधरी, राप्ती गाउँपालिका अध्यक्षमा निर्वाचित प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्षमा निर्वाचित यमनारायण शर्मा, राजपुर गाउँपालिका अध्यक्षमा निर्वाचित शरदकुमार बुढाथोकी, बंगलाचुली गाउँपालिका अध्यक्षमा निर्वाचित तुलसीराम पुन, शान्तिनगर गाउँपालिका अध्यक्षमा निर्वाचित प्रमोद बस्नेत, दंगीशरण गाउँपालिका अध्यक्षमा निर्वाचित शम्भु गिरी र बबई गाउँपालिका अध्यक्षमा निर्वाचित कुलबहादुर खत्रीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।

नवनिर्वाचित पालिका प्रमुखहरुलाई सपथ ग्रहण गराउँदै प्रमुख निर्वाचन अधिकृत थापाले जनताको भावना र चाहनालाई बुझेर जनताको सेवामा लाग्न आग्रह गरेका थिए । कार्यक्रममा जननिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

तर तुलसीपुर उपमहानगरपालिकामा भने मतगणना जारी रहेको छ । वडा नं. १७ का उम्मेदवारको मृत्यु भएपछि बैशाख ३० गते हुनुपर्ने निर्वाचन जेठको ३ गते भएपछि तुलसीपुर उपमहानगरपालिकामा मतगणनाको काम ढिला भएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवार गेहेन्द्र गिरी र एमालेका उम्मेदवार टिकाराम खड्काविच प्रतिस्पर्धा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे