भालुवाङमा नेकपा बहुमत पार्टीका केन्द्रीय अध्यक्ष धर्मेन्द्र बास्तोला प्रहरी नियन्त्रणमा



भालुवाङ २९ वैशाख । केही दिन अघि बिप्लब नेतृत्वको नेकपाबाट फुटेर छुट्टै पार्टी बनाएका नवगठित नेकपा (बहुमत) का केन्द्रीय अध्यक्ष धर्मेन्द्र बास्तोलालाई भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

चुनाब बहिष्कार गर्ने केन्द्रिय नीति लिएको सो पार्टीका केन्द्रिय अध्यक्ष बास्तोलालाई बिहीबार बिहान ४ बजे दाङको भालुबाङबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

निर्बाचनको पुर्ब सन्ध्यामा आफ्नो घर नेपालगञ्ज जानेक्रममा उनी पक्राउ परेका हुन । शुक्रबार हुने निर्वाचन शान्तिपूर्ण, भयरहित, स्वतन्त्र र निष्पक्षरुपमा गराउने बारेमा बास्तोलासँग प्रहरीले जारी राखेको एसपि काफ्लेले बताए ।

चुनाब बहिष्कार देखि चुनाब भाड्ने गरि बिरोधी गतिबिधी गर्ने पार्टीले नीति लिएपछि बास्तोलालाई प्रहरीले निगरानीमै राखीरहेको थियो । ‘उनलाई हामीले भालुबाङबाट नियन्त्रणमा लिएका छौ, र प्रहरीले अहिले छाडेको पनि छैन,’ काफ्लेले भने ‘ उनीहरूको निर्वाचन बहिष्कार अभियान रहेकै कारण हिजो मात्रै बुटवलमा बम बिस्फोट पनि भएको छ, सोही कारण उनलाई निगरानीमा राखेर सोधपुछ गरेर घटनाको अनुसन्धान भइरहेको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका नेता बास्तोलालाई प्रहरी प्रधान कार्यालको निर्देशन अनुसार नै निगरानी बढाएको थियो ।

निर्वाचन बहिष्कारको नीति लिएकै बेला हिजो मात्रै बुटवलमा बम बिस्फोट भएपछि दाङ प्रहरीले सजगता अपनाउदै बास्तोला दाङ प्रवेश गरे लगत्तै प्रहरी सजग र सचेत भएर नियन्त्रणमा लिएको एसपि काफ्लेले बताए ।

एसपी काफ्लेका अनुसार बास्तोला अहिले प्रहरी घेरामै रहेकै कारण निर्वाचन सम्पन्न नहुँदासम्म उनलाई प्रहरी निगरानीमै राखिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे