भालुवाङमा पक्राउ परेका बास्तोला ६ घण्टा पछि रिहा



भालुवाङमा पक्राउ परेका बास्तोला ६ घण्टा पछि रिहा

भालुवाङ २९ वैशाख । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई दाङको भालुवाङ प्रहरीले ६ घण्टापछि छाडेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बास्तोला नियन्त्रणबाट मुक्त भएको जानकारी दिएका छन् ।

पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान ४ बजे भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको थियो । बास्तोलालाई बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि  नियन्त्रणमा लिएको थियो ।

बास्तोला सहित उनका सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तानलाई ६ घण्टा निगरानीमा राखेर बुटवलमा भएको बम विस्फोटमा संलग्नता नदेखिएपछि रिहा गरिएको इप्रका भालुवाङका प्रहरी निरीक्षक  शाहले बताए।

प्रहरी समक्ष बास्तोताले आफ्नो पार्टीले चुनाव बहिस्कार गर्ने कुनै नीति नभएका समेत बताएको प्रहरी निरीक्षक शाहले बताए । ‘निर्वाचन र बुटवलमा भएको बम विस्फोटको घटनाबारे सोधपुछ गरेका थियौं,’ उनले भने, ‘बम विस्फोटको घटनामा उहाँहरुको संलग्नता भएको देखिनएन र निर्वाचन बहिष्कारको नीति नभएको खुलेपछि जिम्मा जमानीमा छोडेका छौं ।’

बास्तोला पक्राउ परेलगत्तै नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै चुनाव बहिस्कार गर्ने नीति नभएको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे