दाङ तुलसीपुरका ७० वर्षिय काेराेना संक्रमित वृद्धकाे मृत्यु
दाङ १५ कात्तिक । दाङका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । तुलसीपुर नगरपालिका १८ का ७० वर्षीय पुरुषको शनिबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले बताए ।
कात्तिक १३ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको शनिबार बिहान मात्र पुष्टि भएको थियो । यसअघि दाङकै घोराही उपमहानगरपालिका-४ का ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमै शनिबार बिहान ५ बजे मृत्यु भएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
दाङमा ६५ जना कोरोना संक्रमित अस्पतालमा छन् भने ४७० जना होम आइसोलेसनमा छन् । दाङका कुल २१ सय २२ जना संक्रमितमध्ये १५ सय ७८ जना संक्रमणमुक्त भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्