किसानका समस्या समाधानका लागि एमालेलाई जिताउन आवश्यक छ : पोख्रेल



किसानका समस्या समाधानका लागि एमालेलाई जिताउन आवश्यक छ : पोख्रेल

सिसहनियाँ २२ वैशाख । नेकपा एमालेबाट राप्ती गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका जगत प्रसाद पोख्रेलले किसानका समस्या समाधानका लागि एमालेलाई जिताउन आवश्यक रहेको बताएका छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनलाई लक्षित गरि नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले सुरू गरेको चुनावी घरदैलो तथा सभालाई बिहीबार सिसहनियाँ र लठ्ठहवामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

किसानलाई बेला बेलमा हुने मलको समस्या, बिउपल, तरकारीको बजारीकरण र कुलेपानीको समस्या छ, त्यो मैले राम्रो सँग बुझेको छु । वर्तमान स्थानीय सरकारले किसानका गुनासा समस्या सम्बोधन गर्न सकेको छैन, त्यो पनि मलाई राम्रो सँग थाहा छ । अब ती सवै समस्या समाधानका लागि एमालेलाई एक पटक मतदान गरि जिताउन उनले सवैमा आग्रह समेत गरेका छन् ।

त्यस्तै उनले स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुलीबत्ती, सडक लगायत थुप्रै समस्या रहेको बताउँदै ती समस्या समाधान पनि एमाले नेतृत्वको स्थानीय सरकारले गर्ने आश्वासन समेत दिएका छन् । त्यस्तै उनले गाउँपालिकामा हुने ढिला सुस्ती, अनिमितता, भ्रष्टाचार, गरिबी अत्य गरि सुखी र सम्वृद्व गाउँपालिका बनाएर देखाउने बताए । कार्यक्रममा उपाध्यक्ष पदकी उम्मेदवार कमलापती चाैधरीले आफू कमैयाको छोरी भएकोले गरिव, विपन्न, कमैया, कम्लहरी, सुकुम्बासी, भुमिहिनहरूको क्षेत्रमा काम गर्ने बताइन् ।

त्यस्तै वडा अध्यक्ष पदका उम्मेदवार देवीप्रसाद चाैधरीले वडाको विकासका लागि आफुले पहाडी टोलबाट सुरू गर्ने र वडामा भएका समस्या द्रुत गतिमा गर्ने बताए । पार्टीका राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष जिवराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारीले गरेका थिए । घरदैलो कार्यक्रम राप्ती गाउँपालिका वडा नम्बर ५ को कालापानी, कमलरोड, सिसहनियाँ बजार, लठ्ठहवा, पहरूवा, सिंगेमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे