प्यूठानको सरूमारानीमा गठबन्धन र एमालेका कार्यकर्ता बीच झडप



प्यूठानको सरूमारानीमा गठबन्धन र एमालेका कार्यकर्ता बीच झडप

प्यूठान २१ बैशाख । प्यूठानको सरूमारानी गाउँपालिका ६ मा चुनाव प्रचारका क्रममा गठबन्धन र एमालेका कार्यक्रताबीच झडप भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलले संयुक्त कार्यक्रम सञ्चालन गरिरहेको स्थानमा एमाले कार्यकर्ताहरूले अभद्र व्यवहार गरेपछि दुई समूहबीच झडप भएको हो ।

झडपका क्रममा गठबन्धनका चारजना कार्यकर्ता घाइते भएको घटनास्थलमा रहेका कांग्रेस जिल्ला कार्यसमिति सदस्य नेत्रमणि पोखरेलले जानकारी दिए । चार जनामध्ये दुईको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि दर्भान लगिएको पोखरेलले बताए ।

गठबन्धनका केही कार्यकर्तालाई एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएको उनले दाबी गरे । गठबन्धनको कार्यक्रममा आएर एमाले कार्यकर्ताले गठबन्धन मूर्दावाद लगायतका नारा लगाएको र कार्यक्रम सकिएपछि फर्कने क्रममा बाटो माथिबाट एमाले कार्यकर्ताले आक्रमण गरेको पोखरेलले आरोप लगाए ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता सुशील थापामगरले झडप खबर आए पनि घटनास्थलमा प्रहरी पुगिनसकेको बताए । अस्थायी प्रहरी पोष्ट बड्डाडा, इलाका प्रहरी कार्यालय बिजुवार र जिल्ला प्रहरी कार्यालय गरी तीन स्थानबाट प्रहरी घटनास्थलतर्फ लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे