दाङमा भागेर पक्राउ परेका यमराजलाई १८ बर्ष र प्रहरी जवानलाई १० बर्ष कैदको फैसला



दाङमा भागेर पक्राउ परेका यमराजलाई १८ बर्ष र प्रहरी जवानलाई १० बर्ष कैदको फैसला

दाङ २१ वैशाख । घोराही कारागारबाट भागेका कैदी यमराज परियारलाई अदालतले थप ६ बर्ष ३ महिना जेल सजायको फैसला सुनाएको छ ।

दाङ जिल्ला अदालतले परियारलाई कैद सजायको फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

यमराज २०७८ साल पुस ८ गते अस्पताल जाने भनि प्रहरी जवान सँग गएको परियार भागेर भारत पुगेका थिए ।अदालतका न्यायाधिस डिल्लीराज शर्मा अर्यालको इजलासले कैदी यमराजलाई बाँकी कैद साढे १२ बर्ष ६ महिना र थप ६ बर्ष ३ महिना साढे १४ दिन गरि १८ बर्ष १० महिना साढे १३ दिन कैद सजाय सुनाएको हो ।

कर्तव्य ज्यान मुुद्धामा २० वर्ष कैद सजाय तोकिएका परियारले कारागारबाट भाग्ने बेला सम्म ७ वर्ष ५ महिना १ दिन कैद सजाय भुक्तान गरिसकेका थिए । कैदी कारागारबाट भागेको खण्डमा कारागार ऐन २०१९ को दफा २४ को ३ मा पक्राउपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था अनुसार यमराजलाई थप ६ बर्ष ३ महिना साढे १४ दिन कैद सजाय तोकिएको एसपि काफ्लेले बताए ।

अदालतका तहसिलदार प्रेमनारायण पराजुलीले यस प्रकारको मुद्धामा बाँकी कैदको आधा डेढी अर्थात आधा कैदको व्यवस्था कानुनमा रहेको छ । काफ्लेले दिएको जानकारी अनुसार यमराजलाई अस्पताल लगेर गएका प्रहरी जवान धनबहादुर चौधरीलाई १० बर्ष कैद सजाय फैसला भएको छ ।

छाला जचाँउन राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जाने भनि प्रहरी जवान चौधरीको लु ३१ प ४१० नम्बरको मोटरसाईकलमा गएका उनिहरु अस्पताल नगई दुई युवतीलाई लिएर होटेलमा गएका थिए । त्यहि होटेलबाट कैदी यमराज अस्पताल लगेर गएका प्रहरीकै मोटरसाईकल लिएर भागेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय दाङको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नियन्त्रणमा लिन सफल भएको थियो ।

याङकी अप्रेशन चलाएर यमराजलाई खटिएको प्रहरीले पक्राउ गर्न सफल भएको थियो । कैदी फरार प्रकरणमा निलम्बनमा परि मुद्धा खेपेका तत्कालिन कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी र प्रहरी हवल्दार गणेशकुमार थारुले सफाई पाएका छन । प्रहरीद्वय ठकुरीलाई १० हजार र थारुलाई अदालतले ५ हजार धरौतीमा छोडेको थियो ।

सफाई पछि प्रहरी सहायक निरिक्षक ठकुरी जिल्ला प्रहरी कार्यालय दाङमा हाजिर भइसकेका छन। त्यस्तै पुर्पक्षका लागि कारागार चलान भएकी तुलसीपुर उपमहानगरपालिका ३ की समी चौधरीलाई पनि अदालतले सफाई दिएको छ ।

त्यसैगरी कैदी र प्रहरी जवानसँग होटलमा गएकी अर्की घोराही १६ की विपशा चौधरी र होटल सञ्चालक सौजन्य खनाललाई पनि अदालतले सफाई दिएको छ । तत्कालिन कारागारका जेलर युवराज परियारलाई भने बिभागले मुद्धा नचलाउन भनेपछि अहिले उनि जिल्ला प्रशासन कार्यालय रोल्पाका कार्यरत छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे