नेपाली कांग्रेस राप्तीको प्रतिवद्धता पत्र सार्वजनिक, पालिकालाई भ्रष्टचार मुक्त बनाइने



नेपाली कांग्रेस राप्तीको प्रतिवद्धता पत्र सार्वजनिक, पालिकालाई भ्रष्टचार मुक्त बनाइने

सिसहनियाँ २१ वैशाख । नेपाली कांग्रेस राप्ती गाउँपालिकाले स्थानीय तह निर्वाचनको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
मंगलवार आफ्नै पार्टी कार्यालय राप्ती गाउँपालिका ४ मौरीघाटमा एक कार्यक्रमको आयोजना गरि प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो । प्रतिवद्धता पत्रमा पहिलो नम्बरमा मालिक नभई सेवकको रुपमा जनउत्तरदायी, पारदर्शी, जवाफदेही, भ्रष्टाचारमुक्त स्थानीय प्रशासनिक सेवा प्रदान गर्ने लगायत ७१ बुदे कार्य योजना बनाएको छ ।

प्रतिवद्धताको पुरा भाग

स्थानीय तह निर्वाचन २०७९

नेपाली कांग्रेस

राप्ती गाउँपालिका देउखुरी दाङको प्रतिबद्धता पत्र

आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरु !

जय नेपालको न्यानो अभिवादन

 आसन्न स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० का लागि समुन्नत राप्ती गाउँपालिकाको स्पष्ट दृष्टिकोण र ठोस मार्गचित्रसहित हामी स्नेह आशीर्वाद र अमूल्य मतको विनम्र अपेक्षा लिएर तपाईहरुको घरदैलोमा उभिएका छौं । लोकतन्त्रको आधारभूत स्तम्भहरुको जगेर्ना गर्दै आत्मनिर्भर स्थानीय सरकारमार्फत हाम्रै जीवनकालमा समुन्नत गाउँपालिका बनाउने नेपाली कांग्रेसले सङ्कल्प गर्दछ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट राप्ती गाउँपालिकाको नेतृत्व हामीले सम्हाल्दै गर्दा राप्तीबासीले कुनै दिन पनि शिर निहुराउनुपर्ने अवस्था आउन दिएनौं । विभिन्न समयका जटिलताका बीचमा समेत जहिले पनि नागरिकको हितमा काम गर्दै गर्दा अन्य स्थानीय तहको तुलनामा जहिले पनि अब्बल सावित नै भयौँ । हामीहरुले विगत ५ वर्षमा निर्वाह गरेको भूमिकाको वस्तुनिष्ठ समीक्षा गर्दै भविष्यको मार्गचित्र तय गरेका छौँ । विगतमा जस्तै भविष्यमा पनि तपाईँहरु र समयले सुम्पिएको जिम्मेवारी निष्ठापूर्वक वहन गरी जनअधिकारको संरक्षण र समुन्नत राप्ती गाउँपालिका निर्माण गर्नेछौँ भनी सम्पूर्ण गाउँपालिकावासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीसँग प्रतिज्ञा गर्दछौँ ।

विगतमा हामीले के ग¥यौँ ?
१. दाङ जिल्लाका १० पालिकामध्येमा कार्यसम्पादनका हिसावले प्रथम स्थान एवम् स्वास्थ्य तर्फ प्रदेशभरको मूल्याङ्कनमा उत्कृष्ट हुन सफल ।
२. लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा ल्याउनको लागि अहम् भूमिका निर्वाह ।
३. स्थानीय तह सञ्चालनको लागि आवश्यक पर्ने कानूनहरुको निर्माण र जनप्रतिनिधिहरुको कार्यक्षमतामा बृद्धि ।
४. सबै वडाहरुमा नागरिकको घरदैलो नजिकै सुविधायुक्त आफ्नै भवनबाट आधारभूत स्वास्थ्य सेवा प्रदान ।
५. कोभिडको समयमा वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन एवम् वैकल्पिक शैक्षिक सामाग्री वितरण ।
६. कोभिड १९ र प्राकृतिक प्रकोपबाट प्रभावितहरुको लागि राहत अनुदानको व्यवस्था ।
७. कोभिड १९ को रोकथाम उपचार र नियन्त्रणको लागि अनुकरणीय पहल एवम् अस्थायी अस्पतालको सञ्चालन ।
८. दीर्घ रोगी एवम् जटिल प्रकारका विरामीहरुलाई सहायता प्रदान ।
९. नागरिकलाई गौरवान्वित गराउने गरी सुविधासम्पन्न प्रशासकीय भवनबाट नागरिकलाई सेवा प्रवाह ।
१०. गौरवको आयोजनाको रुपमा राप्ती चक्रपथको निर्माण एवम् पालिकाभित्र करिव १५ किलोमिटर भित्री सडकमा कालोपत्रे कार्य सम्पन्न ।
११. पत्थरगढवा र मझेनीगढमा पक्की पुलको निर्माण एवम् खुरुरियादेखि गढवा जोड्ने गरी राप्ती नदीमा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा ।
१२. सबै बालबालिकाकाको लागि निःशुल्करुपमा गुणस्तरीय आधारभूत शिक्षा एवम् माध्यमिक शिक्षालाई प्रभावकारी बनाउने कार्यक्रम कार्यान्वयन ।
१३. स्थानीयस्तरमै उच्च शिक्षाको लागि ऐरावती आदर्श बहुमुखी क्याम्पसमा नियमित अनुदान सहयोग ।
१४. जहाँ विद्यार्थी त्यहाँ शिक्षकको अवधारणाबाट शिक्षक दरबन्दी मिलान र शिक्षक नपुगेको विद्यालयलाई गा.पा. शिक्षकको रुपमा शिक्षक व्यवस्थापन ।
१५. नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्ने गरी बालविकास शिक्षक र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था र नमूना विद्यालयको विकास ।
१६. जेष्ठ नागरिक तथा अपाङ्गहरुको लागि नियमितरुपमा स्वास्थ्य जाँचका साथै सहायता सामाग्री र न्यानो कपडा र सामाग्री वितरण .
१७. सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत जनताको घरदैलोमा वितरण ।
१८. उत्कृष्ट विद्यालय, शिक्षक, अभिभावक, विव्यस एवम् विद्यालय कर्मचारीहरुलाई प्रोत्साहनस्वरुप नियमितरुपमा सम्मान र पुरस्कृत गर्ने
कार्य ।

१९. पशुपालक तथा कृषकहरुलाई ३ वटा पशु उपचार केन्द्रबाट नियमितरुपमा आधारभूत प्रयोगशालासहितको उपचार, खोप, घाँसको वीउ, कृत्रिम गर्भाधान सेवा निःशुल्करुपमा प्रदान ।
२०. कृषिको यान्त्रिकीकरण र आधुनिकीकरणको लागि अनुदानमा कृषि औजार र उन्नत बीउ वितरण एवम् नियमितरुपमा प्राविधिक सेवा
प्रदान ।
२१. स्थानीयस्तरमा धार्मिक सांस्कृतिक एवम् पर्यटन प्रवद्र्धनको लागि हर्षेडाँडा, खौराहाबाबा, भुल्के, स्वीजरल्याण्ड, देवीकोट, खड्केश्वरीलगायतका स्थानको विकासका लागि आवश्यक पहल र कार्यान्वयन ।

अब हामीले के गर्नेछौं ?
१. मालिक होइन सेवकको रुपमा जनउत्तरदायी, पारदर्शी, जवाफदेही, भ्रष्टाचारमुक्त स्थानीय प्रशासनिक सेवा प्रदान गरिने छ ।
२. आवधिकरुपमा सार्वजनिक विदाको दिनमा समेत नागरिक एकीकृत सेवा मेला गरिने छ ।
३. जनप्रतिनिधिले लिने सेवासुविधामा कटौती गरी निशुल्क संस्थागत सुत्केरी सेवा, सुत्केरी र नवजात शिशुको घरदैलोमा स्वास्थ्य सेवा र पाँच हजार सुत्केरी भत्ता कार्यक्रम लागू गरिने छ ।
४. पालिकाभित्र सुविधा सम्पन्न उत्कृष्टताको केन्द्रको रुपमा २ वटा अगुवा विद्यालयको विकास गरिने छ ।
५. घरबार विहीन विपन्न गर्भवतीका लागि निशुल्क आश्रय र पोषणको व्यवस्था गरिने छ ।
६. सबै नागरिकको स्वास्थ्य वीमा, ६५ वर्षमाथिका सबै जेष्ठ नागरिक एवम् अपाङ्गको निशुल्क स्वास्थ्य सेवा वीमा र घरमै स्वास्थ्य सेवा पु¥याइने छ ।
७. स्तरीय निशुल्क माध्यमिक विद्यालय सीपमूलक प्राविधिक शिक्षालय र शिशु विकास केन्द्रको विकास गरिने छ ।
८. राप्ती प्राविधिक शिक्षालयमा स्वास्थ्य निर्माण कृषिलगायतका सङ्काय र कक्षाहरु थप गरी नमुना प्राविधिक शिक्षालयको रुपमा विकास गरिने छ ।
९. ऐरावती आदर्श बहुमुखी क्याम्पसलाई आङ्गिक क्याम्पसको रुपमा विकास गरी स्नातकोत्तर तहसम्म अध्ययन अध्यापनको व्यवस्था मिलाइने
छ ।
१०. सामुदायिक र निजी विद्यालयहरुलाई बालमैत्री अपाङ्गमैत्री किशोरी मैत्री सूचना प्रविधिमैत्री र भौतिक पूर्वाधारयुक्त बनाइने छ ।
११. सामुदायिक विद्यालयहरुलाई नतिजाको आधारमा अनुदान दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याइने छ ।
१२. ऋत्भ्ख्त् सँगको समन्वयमा प्रत्येक वर्ष प्रत्येक वडाबाट १० जनाका दरले वार्षिक ९० जनालाई सिपमूलक तालिम प्रदान गरी गाँउपालिकामा आवश्यक प्राविधिक जनशक्तिको आपूर्ति र युवाहरुलाई स्वरोजगारमुखी बनाइने छ ।
१३. मेधावी विद्यार्थीहरुलाई गाउँपालिकाको खर्चमा प्राविधिक उच्च शिक्षा अध्ययन गर्न पठाउने र पढाइ सकेपछि निश्चित समय पालिकामा आई काम गर्नुपर्ने गरी व्यवस्था मिलाइने छ ।
१४. सार्वजनिक तथा संस्थागत विद्यालयमा भइरहेका राम्रा प्रयास उत्कृष्ट व्यवस्थापकीय अभ्यासलाई अन्य सार्वजनिक तथा संस्थागत विद्यालयको सुधारमा योगदान दिन सक्ने वातावरणको निर्माण गरिने छ ।
१५. गाउँपालिकाभित्र सुविधा सम्पन्न पुस्तकालयको स्थापना गरी पठन संस्कृतिको विकास गरिने छ ।
१६. पाँच वर्षभित्रमा सबै वडाहरुमा बाल उद्यानका साथै रमणीय पार्कको निर्माण गरी फ्रि वाइफाइ र योग अभ्यास केन्द्रको विकास गरिने छ ।
१७. सामुदायिक विद्यालयमा ई–लाइव्रेरी कम्प्यूटर तथा विज्ञान प्रयोगशाला पुस्तकालयसहित दलित अपाङ्ग विपन्न अल्पसङ्ख्यक दुर्गम पिछडा वर्गका बालबालिकाहरुलाई छात्रवृत्तिको व्यवस्था मिलाइने छ ।
१८. प्राथमिक तहमा मातृभाषाका साथै अंग्रेजी भाषाको माध्यमबाट पठनपाठनको व्यवस्था मिलाइने छ ।
१९. प्रस्तावित ५० शैयाको भालुबाङ अस्पताल र १५ शैयाको सिसहनिया अस्पतालबाट अत्याधुनिक ल्याव र विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा शीघ्र सञ्चालनमा ल्याउने गरी कार्य गरिनेछ ।
२०. सबै नागरिकलाई विश्वासिलो, गुणस्तरीय र सहज स्वास्थ सेवा उपलब्ध गराउन, जटिल रोगको भार न्यून गर्न, स्वास्थ्यमा जनताको खल्तीबाट हुने खर्च कम गर्न गाउँ–गाउँमा स्वास्थ्य सेवा र जनशक्ति पु¥याइने छ ।
२१. बालक र बृद्धबृद्धा तथा विपन्न नागरिकको स्वास्थ्य उपचार सेवालाई पहिलो प्राथमिकता दिइने छ ।
२२. विभिन्न दीर्घ रोगीहरुलाई उपचारमा सहयोग र जीउने आधारको सुनिश्चितता गरिनेछ ।
२३. सुविधा सम्पन्न हस्पिटलसँगको समन्वयमा नागरिकहरुलाई गाउँघरबाटै विशेषज्ञ स्वास्थ्य सेवाको परामर्श प्राप्त गर्न र न्यूनतम खर्चमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने (त्भभि ःभमष्अष्लभ) कार्यक्रम लागू गरिने छ ।
२४. विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवामा पहुँचको सुनिश्चितताको लागि गाउँपालिकाको खर्चमा ‘‘राप्ती स्वास्थ्य बिमा’’ कार्यक्रम लागू गरिनेछ ।
२५. सुत्केरी आमाः पोषिलो खाना, नवजात शिशुः सुनौलो १००० दिन निशुल्क उपचार सेवा कार्यक्रम लागू गरिने छ ।
२६. सडक दुर्घटना उपचार केन्द्र ट्रमा सेन्टर अस्पतालको स्थापना र सञ्चालन गरिने छ । साथै एम्बुलेन्स र शव बाहन सेवा प्रदान गरिनेछ ।
२७. फोहरलाई मोहरमा बदल्ने कार्यक्रम कार्यान्वयनमा ल्याई रोजगारीको सिर्जना तथा फोहोरको उचित व्यवस्थापन गरिने छ ।
२८. चैतेदेखि भालुबाङसम्म राप्ती नदीमा ¥याफ्टिङ सेवा सञ्चालन गरी पर्यटन प्रवद्र्धन गरिने छ ।

२९. सिसहनियाको बगरापुर, सगरापुर, थारु संस्कार, संस्कृतिको थारु सङ्ग्रहालय भवन, होमस्टे र बगासोती करङ्गे र स्यानीघोसमा रहेका होमस्टेलाई व्यवस्थित गरिने छ ।
३०. सबै वडा र टोल जोड्ने पक्की पुल र सडक निर्माण गरिने छ । विशेषगरी चैतेदेखि करङ्गे कोट वीपी मार्ग, मौरीघाट–मझेरिया, पिपरीदेखि जुटपानी, लठ्ठवादेखि भगवानपुर– मझेरिया, सिसहनियादेखि महदेवा. सिसहनियादेखि करङ्गे, भुल्के, थकरीकोट, मौरीघाटदेखि देवीकोट, चैतेदेखि बगासोती, लालमटिया पशुवृद्धाश्रमदेखि लङ्काटापु, लालमटियादेखि रामनगर–खुरुरिया, मौरिघाटदेखि भानपुर, मौरीघाटदेखि–भानपुर, बसन्तापुर– नयाँगाउँ सुङ्गुरे, मसुरियादेखि खुरुरिया, लट्ठहवादेखि मझेरिया जोड्ने बाटो कालोपत्रे गरिनेछ ।
३१. राप्ती, दोलई, प्रगन्ना, सुङ्गुरे, करम्दी, सिङ्गे, गोपीनालाहरुमा तटबन्धन गरी कृषियोग्य जमिनको संरक्षण गरिने छ ।
३२. जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग, दलित, असहाय र अनाथका लागि सामाजिक सुरक्षा भत्ता बैंकमार्फत घरघर पु¥याइनेछ साथै अनाथ असहाय बालबालिकाहरुको लागि आवासीयरुपमा शिक्षा स्वास्थ्य प्रदान गरिनेछ ।
३३. पूर्वपश्चिम राजमार्गभन्दा बाहिर रहेका गाउँलाई छुने गरी निर्माणाधीन वृहत्त राप्ती चक्रपथलाई पूर्णता दिई नियमित यातायात सञ्चालन गरिने छ ।
३४. एक घर २ रुखको नारा लागू गरी हरित गाउँ नगर निर्माण गरिनेछ ।
३५. विभिन्न सङ्घर्ष र आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरुप्रति सम्मान गर्दै पुष्पउद्यान सहित शहिद स्मारक पार्क निर्माण गरिने छ ।
३६. किसानहरुलाई प्राङ्गारिक मल, रासायनिक मल, आधुनिक कृषि औजार, वीउ विजन र सिचाई कुलोपानीको उपलब्धता सहज पहुँच र डिप बोरिङको विद्युत महसुलमा अनुदान प्रदान गरिने छ ।
३७. कोभिड १९ र प्राकृतिक प्रकोपबाट प्रभावित किसान उद्योगी व्यापारी र रोजगार गुमाएका युवाहरुलाई राहत अनुदान प्रदान गरिने छ ।
३८. लुम्बिनी प्रदेश राजधानी व्यवस्थापन गर्न भू उपयोग नीति बनाई सेवा प्रवाहका लागि आवश्यक प्रबन्ध र सहजीकरण गरिने छ ।
३९. निजी, गाउँपालिका शिक्षक र कर्मचारी दरबन्दी मावि तहसम्म कायम गरिने छ । साथै शिक्षक कर्मचारीको सेवासुविधा सरकारी स्केल अनुरुप बनाइने छ ।
४०. शिक्षित युवालाई सरकारी सेवामा प्रवेश गर्नको लागि शिक्षक सेवा लोकसेवा बैंक तथा संस्थान सेवा तयारी कक्षाहरु सञ्चालन गरिने छ ।
४१. युवालाई सीपमूलक तालिम खेलकूद प्रशिक्षणका माध्यमबाट सिक्दै कमाउँदै कार्यक्रम लागू गरिने छ ।
४२. स्वस्थ सुसंस्कृत र नैतिकवान चरित्र निर्माण गर्नको लागि योग साधना केन्द्र र संस्कार शिविर स्थापना र सञ्चालन गरिने छ ।
४३. व्यक्तिका नाममा रहेका वगर पर्ति, खाली जग्गामा निजी बन निर्माणलाई प्रोत्साहन गर्ने र समुदायमा आधारित दिगो वन व्यवस्थापनमा विशेष जोड दिइने छ ।
४४. खनिज पदार्थमा आधारित र स्थानीय स्रोतसाधनमा आधारित घरेलु उद्योगलाई प्रोत्साहन गरिने छ ।
४५. कृषि उत्पादन र पशुपन्छी बिक्री वितरणका लागि कृषि तथा पशु हाटवजारको व्यवस्था मिलाइने छ ।
४६. युवा, किसान, महिला किशोरी, बालक्लव समूहहरु निर्माण गरी आवश्यक सूचना शिक्षा जानकारी र सीपमूलक तालिम दिइने छ ।
४७. अत्याधुनिक ई–चौतारीको स्थापना गरी मौसम वाली प्रविधि प्रयोग वजार मूल्यलगायतका सूचना कृषक समक्ष पु¥याइने छ ।
४८. एकीकृत सेवा प्रदान गर्ने गरी व्यवस्थित अटो भिलेजको व्यवस्था मिलाइने छ ।
४९. ग्रामीण विद्युतीकरण र वैकल्पिक शौर्य उर्जा अनुदान सहयोगमा वितरण गरिने छ ।
५०. भालुबाङ, पुल्चोक, नयाँबस्ती आदि क्षेत्रमा देखिएका जग्गाधनी पूर्जा प्राप्तीको समस्यालाई यथाशीघ्र समाधान गरिने छ ।
५१. स्थानीय जातजातिका भाषा कला संस्कृति साहित्य संगित भेषभूषाको संरक्षण र प्रवर्धन गरिने छ ।
५२. सबै धर्मका धार्मिकस्थलहरुको संरक्षण र सञ्चालनको लागि नियमित अनुदान प्रदान गरिने छ ।
५३. पालिकाभित्रका सबै बस्तीमा इन्टरनेटको सुविधा पु¥याइने छ ।
५४. प्रदूषणरहीत खोला नाला हराभरा वन जंगल स्वच्छ सफा वातारवरण निर्माण गरिनेछ ।
५५. घर घरमा स्वच्छ पिउने पानी सरसफाईयुक्त घर गाउँ र नगर निर्माण गरी फोहोरको उचित व्यवस्थान गरिनेछ ।
५६. भालुबाङ सिसहनियामा बस पार्कको स्थापना सञ्चालन र व्यवस्थापनमा विशेष जोड दिइनेछ ।
५७. एफ एम रेडियो डिजीटल टिभि र स्तरिय पत्रपत्रिकामा सबैको पहुँच पु¥याइनेछ ।
५८. जल जमिन जंगल जडिबुटि र जलाधार – स्थानीय जनताको समृद्धिको आधार भन्ने मूल मन्त्रले स्थानीय प्राकृतिक स्रोत साधनको व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गरिने छ ।
५९. भूमिहीन, अव्यवस्थित बसोबास, सुकुम्वासी, मुक्तकमैया, कमलहरीहरुलाई जग्गाधनी पूर्जा, सीपमूलक तालिम र उच्च शिक्षा अध्ययनमा ‘‘शहिद श्रीनारायण चौधरी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’’ प्रदान गरिने छ ।
६०. सबै वडाहरुमा सूचना प्रविधि मैत्री सूचना केन्द्रको स्थापना गरिने छ र सूचनाको प्रत्याभूति सबै नागरिकको पहुँचमा पु¥याइने छ ।
६१. विपद्को वेला सुरक्षित रहन सकिने आश्रयस्थल र सार्वजनिक भवन हेलिप्याड र वारुण यन्त्रको व्यवस्था गरिने छ ।
६२. वडा नं १, २, ३, ५ र ९ नं वडामा रहेको खानेपानी समस्याको दीर्घकालीन समाधान गरी स्वच्छ पिउने पानीको व्यवस्था मिलाइने छ । साथै सबैको घरमा शुद्ध पिउनेपानीको लागि फिल्टर नभएका तथा खरिद गर्न कठिनाइ पर्ने विपन्न नागरिकलाई निशुल्क फिल्टर प्रदान गरिने छ ।
६३. कृषि तथा पशुपालन क्षेत्रमा स्थानीय तहमा उत्पादित वस्तुको बजारीकरणको बिशेष व्यवस्था गरिने छ ।
६४. कृषि तथा पशुपालन व्यवसायिक किसानहरुलाई प्रतिफलमा आधारित अनुदानको व्यवस्था गरिने छ ।

६५. गृहिणी महिलाहरुलाई आयआर्जनको लागि साना तथा मझौला उद्योग प्रत्येक वडामा स्थापना गरी रोजगारको व्यवस्था मिलाइने छ ।
६६. करङ्गे, थकरीकोट, पुनखोला, देवीकोट, रुपाकोट, घोसखोला, बाउन्नेपाटालगायत पहाडी क्षेत्रमा कागती तथा हावापानी सुहाउँदो फलफूल खेतीको लागि अनुदानमा वेर्ना मल र कृषि यन्त्रको व्यवस्था मिलाइने छ साथै पहाडी क्षेत्रलाई बाख्रा पकेट क्षेत्र घोषणा गरी अनुदानको व्यवस्था मिलाइने छ ।
६८. कृषि तथा पशुपन्छी वीमा रकममा ५० प्रतिशत अनुदान दिई सबै कृषकहरुलाई बालीनाली तथा पशुपन्छीको वीमा गरिने छ ।
६९. अपाङ्ग, दलित, मुश्लिम, पिछडा वर्ग लक्षित कार्यक्रम सञ्चालन गरिनेछ ।
७०. जग्गाको लालपूर्जा नभएको तर कृषि तथा पशुपालन गरिरहेका किसानलाई पनि अनुदानको विशेष व्यवस्था गरिने छ ।
७१. भालुवाङ पुल्चोक र सिसहनियामा आकाशे पुल निर्माण गरिनेछ ।

अब हामी के गर्दैनौँ ?
पार्टीको नीति र सिद्धान्त, सुशासनका मापदण्ड र जनताप्रतिको उत्तरदायित्वलाई पूर्णरुपमा आत्मसात गर्दै हामी राप्ती गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले देहायबमोजिमका कार्य नगर्ने सङ्कल्प गर्दछौँ ।
१. जनताको करबाट उठेको राजश्वलाई भ्यूटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौँ ।
२. सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोतसाधनको दोहन गर्दैनौँ र गर्न दिने छैनौँ ।
३. कानूनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम गर्दैनौँ ।
४. नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौँ ।
५. निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी हचुवाका भरमा कुनै पनि निर्णय वा काम गर्दैनौँ गर्न दिनेछैनौँ ।
६. कानून, आर्थिक तथा वित्तीय उत्तर दायित्व र अनुशासनको उल्लङ्घन गर्दैनौँ ।
७. महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्येक्ष तथा परोक्षरुपमा समेत कुनै पनि अवस्थामा संलग्न हुने छैनौँ ।
८. कुनै पनि प्रकारका भ्रष्टाचारजन्य क्रियाकलाप गर्दैनौ र गर्न पनि दिदैनौं ।

उल्लिखित प्रतिबद्धताहरु पूरा गर्ने अवसर प्रदान गर्नका लागि राप्ती गाउँपालिका देउखुरी दाङका अध्यक्ष पदका उम्मेदवार महिला नेतृ श्री जगदम्बाकुमारी चौधरी र उपाध्यक्ष पदका उम्मेदवार युवा नेता श्री हरिप्रसाद भुसाललगायत सबै वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यसहित सम्पूर्ण उम्मेदवारहरुलाई रुख चिन्हमा छाप लगाई अत्यधिक मतले विजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछौं ।

सात रुख सातै छाप नेपाली काँग्रेस जिन्दावाद ।

सबै अट्ने देश, सबैलाई समेट्ने काँग्रेस

रहर लाग्दो हाम्रो शहर, बसौं बसौं लाग्ने गाउँ

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई जिताऔं ।

जय राप्ती, जय नेपाल

नेपाली कांग्रेस

चुनाव प्रचार प्रसार समिति

राप्ती गाउँपालिका देउखुरी, दाङ

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे