देउखुरीको राप्तीमा जनता समाजवादी पार्टीद्वारा प्रतिबद्धता-पत्र सार्वजनिक



देउखुरीको राप्तीमा जनता समाजवादी पार्टीद्वारा प्रतिबद्धता-पत्र सार्वजनिक

भालुवाङ २१ बैशाख । जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेशका मुख्य सचिव यज्ञ पोख्रेलले लुम्बिनी प्रदेशको राजधानी दाङ बनाउनु पर्छ भनेर पहिलो निणर्य गर्ने पार्टी जसपा भएकोले र अहिले राजधानी कार्यान्वयनका लागि पनि जसपालाई मतदान गर्न राप्तीबासीलाई अनुरोध गरेका छन् । बैशाख ३० गते हुन गई रहेको स्थानीयतहको निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालले आज देउखुरीको पाखापानीमा आयोजना गरेको प्रतिबद्धता—पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राप्ती नदीमा भइरहेकोे अबैध उत्खनन् रोक्न र राप्ती नदीलाई बचाउन सबै भन्दा बढी जसपा लडेको स्मरण गराउँदै राप्ती नदीलाई दोहन नभई सही व्यवस्थापन गरी नगद क्यासको रूपमा आम्दानीको स्रोत बनाउने मास्टरप्लान आफूहरु संग मात्र भएको बताए । उनले आफ्नो पार्टी बिजय भए राप्ती गाउँपालिकामा रहेको ब्याप्त बेरोजगारी अन्त्य गरी रोजगारीको ज्ञारेण्टीको भिजन सहित प्रतिबद्धता-पत्र ल्याएको बताए । उनले भोट पाउन कै लागि नभई काम गर्नका लागि मात्र प्रतिबद्धता—पत्र ल्याएको बताए ।

पार्टीका राप्ती गाउँपालिका कमिटीका अध्यक्ष रणप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेशका मुख्य सचिव यज्ञ पोख्रेल, पार्टी कै संघीय परिषद् सदस्य तथा दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्मा, अध्यक्ष पदका उम्मेदवार टोपबहादुर कार्की र पार्टीका गाउँपालिका कमिटी अध्यक्ष रणप्रसाद सुवेदीले संयुक्त रुपमा प्रतिबद्धता—पत्र सार्वजनिक गरेका थिए ।

पार्टीका गाउँपालिका कमिटी सचिव गोपाल रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका तर्फबाट राप्ती गाउँपालिका अध्यक्ष पदका उम्मेदवार टोपबहादुर कार्कीले अहिले चुनाबमा खर्च गर्ने पार्टीका उम्मेदवारहरूले खर्च उठाउन फेरि भष्ट्रचार गर्नुको विकल्प नरहेको बताए ।

उनले अन्य पार्टीका उम्मेदवारहरुले तामझामका साथ चुनाब प्रचार—प्रसारमा खर्च गरेपनि आफूहरुले भने चिउरा र पानी मात्र खाएर चुनाब प्रचार—प्रसारमा लागेको बताए । अध्यक्ष पदका उम्मेदवार कार्कीले भने,— जसले चुनाबमा मासुभात र रक्सी खुवाएर तामझामका साथ चुनाब प्रचार—प्रसार गर्छ, उसले जनताको सेवा गर्ने भन्दा पनि चुनावी खर्च उठाउन भष्ट्रचार गर्ने र व्यक्तिगत लाभ हासिलमा लिप्त हुने बताए । कार्यक्रममा पार्टीका तर्फबाट पालिकाका विभिन्न पदमा उठेका उम्मेदवार, नेता, कार्यकर्ता र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे