लमहीका हरि बहादुर थापाद्धारा राष्ट्रिय जनमोर्चा परित्यागकाे घोषणा



लमहीका हरि बहादुर थापाद्धारा राष्ट्रिय जनमोर्चा परित्यागकाे घोषणा

देउखुरी ८ वैशाख । लामो समयदेखि राष्ट्रिय जनमोर्चामा सक्रिय रहँदै आएका लमही नगरपालिका–५ निवासी हरि बहादुर थापाले करिब ३४ वर्षको राजनीतिक यात्रा पछि पार्टी परित्याग गरेका छन्। उनले आइतबार एक प्रेस वक्तव्यमार्फत औपचारिक रूपमा पार्टीसँगको सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन्।

थापाले आफ्नो राजनीतिक जीवनमा विचार, सिद्धान्त र जनताको अधिकारका लागि निरन्तर काम गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय पार्टीभित्र अपेक्षित सुधार र परिवर्तनको अभाव महसुस भएको बताएका छन्। विशेषगरी जनआन्दोलनपछिको परिवेशमा समयअनुसार सोच र संरचनामा परिवर्तन हुन नसक्नुले आफूलाई नयाँ निर्णय लिन बाध्य बनाएको उनको भनाइ छ।

उनका अनुसार, “परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासहित मैले यो निर्णय लिएको हुँ। निर्वाचनको ठीक अघि वा नजिक यस्तो निर्णय गर्दा व्यक्तिगत स्वार्थको आरोप लाग्न सक्ने भएकाले उपयुक्त समय रोजेको हुँ।” थापाले अब नयाँ राजनीतिक यात्राका लागि कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’मा प्रवेश गर्ने तयारी गरेको जानकारी दिएका छन्। उनले देश र जनताको हितका लागि नयाँ ढंगले योगदान गर्ने उद्देश्यले यो कदम चालेको स्पष्ट पारेका हुन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे