एमालेको बदनाम गर्न काटिएको तुलसीपुर उपमहानगरको लाइन विद्य‌ुतले जोड्यो



एमालेको बदनाम गर्न काटिएको तुलसीपुर उपमहानगरको लाइन विद्य‌ुतले जोड्यो

तुलसीपुर १५ बैशाख । राजनीतिक प्रतिशोधका कारण काटिएको तुलसीपुर उपमहानगरपालिकाको लाइन विद्युत प्राधिकरणले जोडिदिएको छ । एक दशकदेखि विवादित रहेको सडक बत्तीको रकम उपमहानगरपालिकाले नतिरेको भन्दै नेपाल विद्य‌ुत प्राधिकरणका प्रमुख ज्ञानबहादुर फर्सालले कर्मचारीलाई लाइन काट्न लगाएका थिए । करिब १० बर्षदेखी सडक बत्तीको महशुल नतिरेको भन्दै कांग्रेस कार्यकर्ता समेत रहेका कार्यालय प्रमुख फर्सालले लाइन काटिदिएका थिए ।
तुलसीपुर उपमहानरपालिकामा प्रमुख र उपप्रमुख एमालेबाट निर्वाचित  जनप्रतिनिधी छन् । निर्वाचनमा एमालेको बदनाम गर्ने उद्देश्यले उनले सुनियोजित रुपमा तुलसीपुर उपमहानगरपालिकाको कार्यालयको लाइन काटेका थिए । लाइन काटेपछी यो बिषयलाई कांग्रेसका नेता कार्यकर्ताले चुनावमा एमालेको बदनाम गर्ने इस्युसमेत बनाएका थिए ।

यता तुलसीपुर उपमहागनरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले विद्य‌ुत प्राधिकरणको दादागिरी भएको बताए । उपमहानगरपालिकाले सडकबत्तीको लगत संकलन गरिरहेका बेला निर्वाचनको मुखैमा आएर लाइन काटेर बहादुरी देखाउनु आपत्तीजनक कुरा भएको प्रमुख प्रशाकीय अधिकृत पौडेलले बताए ।

पाँचवटा जिल्लामा सडकबत्तीको पैसा २१ करोड उठ्न बाँकी
नेपाल विद्य‌ुत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगंजले सडक बत्तीको बालेको समर्थन खोजेको र लाइन काट्ने कुनै मनसाय नभएको बताएको छ ।  सडकबत्तीकाे समस्या एक ठाउँकाे मात्रै नभएकाे भन्दै  दाङ, बाँके, बर्दिया, सल्यान, रोल्पा र पूर्वी रुकुममा मात्रै २१ करोड सडक वत्तीको बक्यौता असुल हुन बाँकी रहेको डिभीजन प्रमुख सुरज गौतमले जानकारी दिए ।

‘जनताको प्रत्यक्ष संलग्नता रहेको उपमहानगरपालिकाको लाइन नकाट्नुपर्ने हो । सडकबत्ती बालेको यति पैसा भएको छ भनेर सबै पालिकाहरुसंग सहमति खोजेका छौ । समन्वय गरेर काम गर्नुपर्ने हो । गलत भए छ । म बुझ्छु ।’ डिभिजन प्रमुख गौतमले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे