दाङका दश पालिकामा ५२० पदका लागि २१ सय ९१ जनाको उमेदवारी दर्ता, सबैभन्दा धेरै तुलसीपुरमा



दाङका दश पालिकामा ५२० पदका लागि २१ सय ९१ जनाको उमेदवारी दर्ता, सबैभन्दा धेरै तुलसीपुरमा

दाङ १३ बैशाख । आउँदो ३० गते हुने पालिका चुनावका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन । निर्वाचन आयोगले हिजो र अस्ति उम्मेदवारी मनोनयन दर्ता गराउने समय दिएको थियो ।

दाङमा ५२० पदका लागि २१ सय बढीको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लाका दुई उपमहानगरसहित १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र एक सय वटा वडा अध्यक्ष र सदस्य पदका लागि २१ सय ९१ जनाको उम्मेदवारी परेको छ ।

आज विहान साढे ४ बजेसम्मको जानकारी अनुसार २१ सय ९१ जनाको उम्मेदवारी दर्ता भएको हो । सबै स्थानमा दर्ता सम्पन्न भैसकेपनि सर्भरमा आएको समस्याका कारण डाटा ईन्ट्रि हुन बाँकी रहेकाले दर्ता संख्या अझै बृद्धि हुने अनुमान रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिए ।

 

उनका अनुसार १० पालिका प्रखुममा ८३ जनाको उम्मेदवारी परेको छ । जसमध्ये घोराही उपमहानगरपालिका प्रमुखका लागि १५, तुलसीपुर उपमहानगरपालिका प्रमुखका लागि १२ , दंगीशरणमा अध्यक्षका लागि १० जना, गढवा गाउँपाकिला अध्यक्षका लागि ९ जना, राप्ती गाउँपालिका अध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको उम्मेदवारी परेको कुवँरले जानकारी दिए।

यस्तै बबई, शान्तिनगर र राजपुर गाउँपालिका अध्यक्षका लागि सात सात जनाको उम्मेदवारी परेको छ । लमही नगरपालिका र बंगलाचुली गाउँपालिका प्रमुखका लागि ४/४ जनाको उम्मेदवारी परेको सूचना अधिकारी कुँवरले बताए ।

यस्तै जिल्लामा ३ जना उपप्रमुखका लागि २० जना, ७ जना उपाध्यक्षका लागि ३९ जनाको उम्मेदवारी परेको छ । एक सय वडाअध्यक्षका लागि ५ सय १९ जनाको उम्मेदवारी परेको छ । यसैगरी महिला सदस्यमा ३ सय ८१, महिला दलित सदस्यमा ३५२, र खुल्ला सदस्यका लागि ७ सय ९७ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे