प्यूठानमा दुई पालिका अध्यक्षसहित १४ जनाले दिए पदबाट राजीनामा



प्यूठानमा दुई पालिका अध्यक्षसहित १४ जनाले दिए पदबाट राजीनामा

प्यूठान १० बैशाख । चुनाव लड्न प्युठानका जनप्रतिनिधीहरुले राजीनामा दिन थालेका छन। वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा चुनाब लड्न पार्टीले टिकट दिने पक्काभएपछी उम्मेदवारी दिन जनप्रतिनिधीहरुले राजिनामा दिएका हुन् ।

सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मा र गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले पदवाट राजीनामा दिनुभएको हो ।  विश्वकर्मा नेकपा एमाले प्यूठानका जिल्ला उपाध्यक्ष र गिरी नेपाली कांग्रेसका सभापती हुन्। उनीहरुले पालिका उपाध्यक्षलाई राजीनामा पत्र बुझाएका छन्।

सरुमारानीमा पालिका अध्यक्ष विश्वकर्मासहित ३ जना वडाअध्यक्ष र ५ जना वडासदस्यले राजिनामा दिए । सरुमारानीमा पाचदलीय गठबन्धनले काँग्रेसलाई अध्यक्ष दिएको छ। उनले गठबन्धनका संयुक्त उम्मेदवार मुकुन्दराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन्।

सरुमारानीमा अध्यक्ष, उपाध्यक्ष र चार वटा वडा एमालेले जितेको थियो। त्यस्तै, २ वटा वडा कांग्रेस र माओबादी केन्द्रको पोल्टामा परेको थियो। त्यस्तै, प्युठान नगरपालिकामा दुई वडाअध्यक्ष र दुई जना वडा सदस्यले पदबाट राजिनामा दिएका छन। उम्मेदवार हुन चाहनेले सार्वजनिक पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे