दाङमा उम्मेदवार बन्न जनप्रतिनिधिहरुले धमाधम राजिनामा दिंदै



दाङमा उम्मेदवार बन्न जनप्रतिनिधिहरुले धमाधम राजिनामा दिंदै

देउखुरी ९ बैशाख । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दिनका लागि तुलसीपुरमा २५ जना जनप्रतिनिधिहरुले पदबाट राजिनामा दिएका छन ।  यो समाचार तयार गर्दा सम्म तुलसीपुर उपमहानगरपालिकाबाट २५ जनाले पदबाट राजिनामा दिएको सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार शुक्रवार दिउंसो ३ ः १५ बजेसम्म ८ जना वडाध्यक्ष र १८ जना वडा सदस्यहरुले पदबाट राजिनामा दिएका हुन् ।  राजिनामा दिने वडाध्यक्षहरुमा वडा न. २ का अध्यक्ष राजु आचार्य,वडा न. १६ का अध्यक्ष भुपबहादुर केसी,वडा न. १० का अध्यक्ष कुमार लामिछाने,वडा न. ९ का अध्यक्ष घनश्याम ढकाल, वडा न. ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह,वडा न. १५ का अध्यक्ष लक्ष्मण चौधरी,वडा नं १७ का अध्यक्ष थलराज पुरी,वडा न. १८ का अध्यक्ष माधव वलि रहेका छन् ।

त्यस्तै वडा सदस्यहरुमा वडा न. १९ का देउकली नेपाली र केशरबहादुर पुन, वडा न. ७ का सारदा सुनार, वडा न. १६ का दण्डबहादुर खत्री, वडा न.२ का कविराम चौधरी, राजकुमार केसी, कमला थापा, वडा न. ६ बाट यमुना परियार,वडा न.५ का अजय बुढाथोकी, सावित्री गुरुङ, मधुमति सुनार, सुरेश कुमार श्रेष्ठ, वडा न. ११ का निर्मा चौधरी, वडा न.१८ का शितलप्रसाद बुढामगर, वडा १८ का सदस्य जिगन्या चौधरी,वडा नं. ७ का रामबहादुर जिसी, वडा न. ६ का दुजमान भण्डारी र वडा न. १६ का पार्वता कामीले पदबाट राजिनामा दिएका हुन् ।

सुचना अधिकारी न्यौपानेका अनुसार राजिनामा दिने क्रम बैशाख ११ गतेसम्म जारी रहने छ । निर्वाचन आयोगले जनप्रतिनिधि पुनः चुनाव लड्न चाहेमा पदबाट राजिनामा दिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । सोही अनुरुप आगामी स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने भएका छन् । उम्मेदवारी दिंदा राजिनामा दिनुपर्ने चुनावी आचारसंहिताको प्रावधान विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि जनप्रतिनिधिले चुनाव लड्न राजिनामा दिनुपर्ने छ ।

यस्तै देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले राजीनामा दिएका छन् । ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिन भन्दै उनले शुक्रबार राजीनामा दिएका हुन् ।

उनले लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी समक्ष लिखितरुपमा राजीनामा पत्र बुझाएको जानकारी दिए । राजीनामा दिएसँगै चौधरीलाई वडाध्यक्ष पदमा उम्मेदवारीका लागि बाटो खुलेको छ ।

आउँदै गरेको स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधिले राजीनामा दिए मात्र उम्मेदवार बन्न पाउने प्रावधान छ । अघिल्लो चुनावमा उनी नेकपा माओवादी केन्द्रबाट विजयी भएका हुन् ।

यस्तै प्यूठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले पदवाट राजीनामा दिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिने निश्चित भएपछि गिरीले राजीनामा दिएका हुन् ।

गिरी नेपाली कांग्रेस प्यूठानका जिल्ला सभापती हुन। गिरीले उपाध्यक्ष तुलसी सुनारलाई राजीनामा पत्र बुझाएका हुन् । उम्मेदवार हुन चाहनेले सार्वजनिक पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे