दाङको गढवा र तुलसीपुरमा काँग्रेसले गर्‍यो गठबन्धन अस्वीकार (विज्ञप्ती सहित)



दाङको गढवा र तुलसीपुरमा काँग्रेसले गर्‍यो गठबन्धन अस्वीकार (विज्ञप्ती सहित)

देउखुरी ९ बैशाख । देशैभर पाँच दलीय गठबन्धन भइरहँदा दाङकाे गढवा र तुलसीपुरमा नेपाली काँग्रेसले एक्लै चुनाव लड्ने भएको छ । यसैबीच नेपाली काँग्रेस गढवाको आज बसेको बैठकले एक्लै चुनाव लड्ने निणर्य गरेको छ ।

बैठकमा गढवा गाउँपालिकाका सातवटै वडा सभापतिको समेत उपस्थिति थियोे । गढवाको इकाई समितिले एक्लै चुनाव लड्ने निणर्य बारे दाङ काँग्रेसलाई लिखित जानकारी समेत गराएको छ । अन्य दलले हैसियतभन्दा धेरै भाग खोजेकाले गठबन्धन अस्विकार गरी एक्लै चुनाव लड्ने निणर्य गरिएको पालिका सभापति किरण पौडेलले जानकारी दिए ।

यस्तै तुलसीपुर उपमहानगरमा नेपाली काँग्रेसले गठबन्धन बेगर चुनाव लड्न तयार रहेको जनाएको छ । जिल्ला पार्टीलाई राय दिँदै उपमहानगर समितिले पाँच पटक अन्य दलसँग छलफल गर्दा समेत सहमति जुट्न नसकेको जनाएको छ ।

पाँच पटक छलफल गर्दा अरू दलले १५ वटा वडामा दाबी गर्न नछाडेपछी सहमति जुट्न सकेको छैन् । उपमहानगर समितिले जिल्ला समितिलाई भनेको छ-झर्याे अवस्थामा हामी एक्लै चुनाव लड्न तयार छौँ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे