लमहीमा पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम दिन सुरु



लमहीमा पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम दिन सुरु

देउखुरी ७ बैशाख । दाङको लमहीमा पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम दिन सुरु गरिएको छ । लमही नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ दाङ शाखाले आयोजना गरेको पाँच दिने पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिमकाे बुधवार उद्घाटन गरिएको छ ।तालिमको उदघाटन कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिताको मुल्य मान्यतामा आधारित रहेर खोजी पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पनन कार्यक्रमा बोल्दै लमही नगरपालिकाका मेयर कुल बहादुर केसीले पत्रकारिताको माध्यमबाट सधैं नकारात्मक कुराहरुमा मात्र ध्यान नदिन र सकारात्मक चिन्तन भावनाको विकास गर्न पत्रकारिताको माध्यमबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।

बिशिष्टि अतिथि नगरपालिकाका उपप्रमुख देवका बेल्वासेले पत्रकारले सही समाचार संप्रेषण गर्नुपर्ने बताइन । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्य, नेपाल प्रेस यूनियनका पूर्व केन्द्रिय अध्यक्ष मुरारीकुमार शर्मा, सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष केपी घिमिरे, अग्रज पत्रकार निमबहादुर थापा, राधेश्याम गुप्ता लगायतका वक्ताहरुले मन्तब्य व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघका सहसचिव दशरथ घिमिरेको स्वागत र उपाध्यक्ष सन्तोष सुवेदीको बिषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका हुन । तालिममा लमही नगरपालिका भित्रका ९ वटै वडाका पत्रकारिता क्षेत्रमा रुची राख्ने र लमही नगरपालिका भित्र क्रियासिल पत्रकारहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे