सरूमारानीमा गठबन्धनको भागबन्डा मिल्यो, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीको भाग



सरूमारानीमा गठबन्धनको भागबन्डा मिल्यो, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीको भाग

भालुवाङ ५ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्युठानको सरुमारानी गाउँपालिकामा सत्तासाझेदार तीन दलले चुनावी तालमेल मिलाएका छन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादी बीच तालमेल भएको हो । आइतबार राती उनीहरुले पदको भागवण्डा समेत गरेका छन्।

सहमति अनुसार अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओबादी केन्द्रले पाउने छन् । पालिकाको ४ वटा वडा माओवादीलाई, १ वटा वडा कांग्रेसलाई र १ वटा वडा समाजबादीलाई दिने गरि सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे