प्युठानमा ट्याक्टर दुर्घटना : दाङ देउखुरीका रामदेव चाैधरीको मृत्यु



प्युठानमा ट्याक्टर दुर्घटना : दाङ देउखुरीका रामदेव चाैधरीको मृत्यु

भालुवाङ ४ वैशाख । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा दाङका एक जना पुरुषको मृत्यु भएको छ ।

प्युठान नगरपालिका-१० हाडिगैरा भन्ने स्थानमा रा १ त ३६०३ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल रियलटप बेकरीमा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा चालक दाङ राप्ती गाउँपालिका-७ सिसहनिया बस्ने ४५ वर्षीय रामदेब चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे