माओवादी केन्द्र दाङलाई ठुलाे धक्का, जिल्ला इन्चार्ज गाैतमद्वारा पार्टी परित्यागकाे घाेषणा



माओवादी केन्द्र दाङलाई ठुलाे धक्का, जिल्ला इन्चार्ज गाैतमद्वारा पार्टी परित्यागकाे घाेषणा

दाङ ५ बैशाख । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाडेका छन् । आज घोराहीमा पत्रकार सम्मेलन गरी गौतमले माओवादी त्यागेको घोषणा गरेका हुन् ।

माओवादी केन्द्र दाङका इन्चार्जसमेत रहेका उनले पार्टी गलत बाटोमा हिँडेकाले पार्टी छाडेको बताए  गौतमले आफू स्वतन्त्र बस्नेसमेत बताए । उनी घोराही उपमहानगरपालिकामा माओवादीबाट मेयरका आकांक्षी थिए । गौतम ५ वर्षअघिको स्थानीय तह निर्वाचनमा घोराहीको मेयर उम्मेदवार बनेर तेस्रो स्थानमा थिए ।

यसपटक घोराही माओवादीले आफ्नो भागमा पाउनुपर्ने माग गरेको छ । तर कांग्रेसले मानेको छैन । उनी अनेरास्ववियू क्रान्तिकारीका पूर्वअध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे