शिक्षक र कर्मचारीहरु बिश्वास र भरोसाको पात्र भएकाले पार्टीको विचारलाई जनतामाझ पुर्याउनुस् : मन्त्री थारू



शिक्षक र कर्मचारीहरु बिश्वास र भरोसाको पात्र भएकाले पार्टीको विचारलाई जनतामाझ पुर्याउनुस् : मन्त्री थारू
भालुवाङ ४ बेशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले समाजमा शिक्षक र कर्मचारीहरु बिश्वास र भरोसाको पात्र भएकाले आफ्नो पार्टीको बिचारलाई जनतामाझ गएर प्रष्ट पार्न र आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई बिजय बनाउन सहयोग गर्न आगरेका छन् ।
देउखुरीकाे राप्ती गाउँपालिका-५ खौराबाबामा पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउपालिका कमिटीको संयुक्त आयोजनामा  भएकाे परिचात्मक तथा नयाँ वर्ष २०७९ को अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका थारूले अहिलेकाे निर्वाचन जनताकाे अधिकार सुनिश्चित गर्नुपर्ने भएकाेले त्यसका लागि माओवादीले कुनैपनि हालतमा चुनाब जित्नु पर्ने बताए ।
कर्मचारी संगठनका राप्ती गाउपालिका अध्यक्ष निमबहादुर राउतको अध्यक्षता कार्यक्रममा प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य रामप्रसाद जैसी , नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशका उपमहासचिव बिष्णुप्रसाद खनाल, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका इन्चार्ज चित्रबहादुर थापा , गाउँपालिका अध्यक्ष श्यामेश चौधरी र स्वास्थ्यकर्मी प्रकाश बिष्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिका अध्यक्ष कृष्ण बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन कर्मचारी संगठनका केन्द्रिय सदस्य बिश्वास बिकले गरेका थिए |
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे