वैशाख ३० गते हुने पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति



वैशाख ३० गते हुने पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति

काठमाण्डाै २९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदाे वैशाख ३० गते हुने पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति दिएकी छिन् । पालिका चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रपति भण्डारीले स्वीकृति प्रदान गरेकाे राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

गएकाे चैत १७ गतकाे राष्ट्रिय सुरक्षा परिषद्काे सिफारिस, २४ गतेकाे मन्त्रिपरिषद्काे निर्णय र २४ गतेकाे प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिस अनुसार राष्ट्रपति भण्डारीले पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे