कारको ठक्करबाट नेपालगञ्जमा तीन पैदल यात्रीको मृत्यु



कारको ठक्करबाट नेपालगञ्जमा तीन पैदल यात्रीको मृत्यु

नेपालगञ्ज २८ चैत । कारले ठक्कर दिँदा नेपालगञ्जमा गए राति तीन जनाको मृत्यु भएको छ। बिपी चोक नजिकै सडकमा हिडिरहेकालाई कारको ठक्कर दिएको थियो। कारको ठक्करले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ की ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र पाँच वर्षकै अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिमालय शाहले बताए।

प्रदेश ३-०१-२३ च ८४८१ नम्करको कारको ठक्करबाट उनीहरूको मृत्यु भएको हो। पैदल यात्रीलाई ठक्कर दिएपछि चालकले कारमा राखेर उपचारका लागि लगेका थिए।  ठक्करबाट घाइते तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। कार चालक नेपालगञ्ज उपमहानगर १० का २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे