केन्द्रीय समिति बैठकपछि विप्लवद्वारा १२ बुँदे सर्कुलर जारी, केन्द्रीय सदस्यको सम्पति बिबरण माग



केन्द्रीय समिति बैठकपछि विप्लवद्वारा १२ बुँदे सर्कुलर जारी, केन्द्रीय सदस्यको सम्पति बिबरण माग

काठमाडाैँ २७ चैत । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति बैठकपछि मातहतका निकायमा सर्कुलर पठाएको छ । कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकले लिएका निर्णयहरु कार्यान्वयन गर्ने उद्देश्यका साथ विप्लवले पार्टीका इन्चार्ज र सेक्रेटरीलाई सर्कुलर पठाएका हुन् । सर्कुलरमा नेताहरुको कार्यविभाजन, सम्पत्ति विवरणको खोजी, पार्टी हितविपरितका गतिविधि गर्नेलाई कारबाहीदेखि केही नेताको कारबाही फिर्तासम्मका विषय रहेका छन् ।

यस्तै सर्कुलरमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा पार्टीको धारणा पनि समेटिएको छ । सर्कुलरमा आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी विरोधी कित्तामा उभिएकालाई सहयोग गर्ने उल्लेख गरिएको छ । ‘आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी एवं राष्ट्रघात विरोधी प्रतिनिधिहरूलाई सहभागि गराउने र सहयोग गर्ने, संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय लिइएको छ ’, सर्कुलरमा भनिएको छ । स्थानीय चुनावलाई संघर्षको मोर्चा बनाउनुका साथै दलाल संसदीय व्यवस्थाको भण्डाफोर पनि सर्कुलरमा उल्लेख छ ।

यस्तै काठमाडौं उपत्यका पेरिफेरीका जिल्लामा कार्यरत केन्द्रीय सदस्य र जनवर्गीय संगठनका केन्द्रीय सदस्य एवम् फ्याक्सन इन्चार्जको संयोजक प्रकाण्डले गर्ने सर्कुलरमा उल्लेख छ । यस्तै सचिवालय सदस्य विषमलाई संगठनात्मक काममा सहयोग गर्नेगरी केन्द्रीय कार्यालयको जिम्मेवारी तोकिएको छ । यस्तै केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि गरिएको छ । यस्तै नेताहरुको सम्पत्ति विवरण पार्टीमा बुझाउन पनि भनिएको छ ।

यस्तै प्रकाश डुम्रेलाई गल्ती महसुस गराई पार्टी सम्पर्कमा राखी काममा लगाउन सर्कुलर भएको छ भने बैतडीका राजेन्द्र विष्ट र उद्योग व्यापार संगठनका प्रकाश बस्नेतको कारबाही फुकुवा गरिएको छ। यस्तै नेता भीम चापागाईँले लाखौँ पैसा उठाएर खाएको आरोप लगाउँदै त्यसबारे छानविन गर्ने पनि विप्लवले बताएका छन् ।  उनले केन्द्रीय समितिको बैठकपछि जारी गरेको सर्कुलरमा ‘पार्टीको नाममा भिम चापागाईले उठाएर खाएको लाखौँ पैसाबारे छानविन गर्ने’, उल्लेख गरिएको छ।

उनले पार्टीको नाममा अन्नपूर्ण होटलबाट ल्याएर उनले पैसा खाएको सर्कुलरमा उल्लेख गरेका छन् । विप्लवले सो पैसा चैत्र मसान्त भित्र पार्टीमा बुझाउन पनि निर्देशन दिएका छन् ।  पार्टीभित्र आर्थिक अराजकता निम्त्याउने, हिनामिना गर्ने र पार्टी नेतृत्वको दुरुपयोग गर्ने प्रवृत्ति, पात्र र गतिविधिलाई बन्देज लगाउने पनि विप्लवको पार्टीले निर्णय गरेको छ।

विप्लवले मागे सबै केन्द्रीय सदस्यको सम्पति

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सबै केन्द्रीय सदस्यको सम्पति विवरण मागेको छ। गत चैतमा बसेको साताव्यापी केन्द्रीय समिति बैठकपछि विप्लवद्वारा जारी गरिएको सर्कुलरमा सबै केन्द्रीय सदस्यले पार्टीलाई सम्पति बुझाउन भनिएको छ ।  सर्कुलरमा पार्टीका ७९ जना केन्द्रीय सदस्यले आफ्नो नाममा भएको नगद र जिन्सी सबै जोडेर सम्पति विवरण बुझाउन निर्देशन दिइएको हो।

त्यस्तै पार्टीभित्र आर्थिक अराजकता निम्त्याउने, हिनामिना गर्ने र पार्टी नेतृत्वको दुरुपयोग गर्ने प्रवृत्ति, पात्र र गतिविधिलाई बन्देज लगाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय सदस्य भीम चापागाईँले पार्टी र नेतृत्वको नाममा लाखौँ रुपैया असुल गरि हिनामिना गरेको भन्दै छानविन गर्ने निर्णय भएको छ। उनलाई संगठनात्मक रुपमा गुटबन्दी र अराजकता मच्चाएको र शंकास्पद गतिविधि गरेकोले केन्द्रीय स्तरबाटै छानविन गर्न लागिएको हो।

साभार : राताेपाटीबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे