निर्वाचन आचारसंहिताकाे ६ विषयमा एमालेकाे असहमति



निर्वाचन आचारसंहिताकाे ६ विषयमा एमालेकाे असहमति

काठमाण्डाै २४ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह चुनाव निष्पक्ष ढङ्गले सम्पन्न हुने गरी प्रभावकारी भूमिका निर्वाह गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लोकतान्त्रिक विधि र प्रक्रिया तलमाथि नहुने गरी पालना गराउन लिखित पत्र बुझाउँदै एमालेले यस्तो आग्रह गरेको हो । पार्टीका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले आज बिहीवार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेट गरी यस्ताे आग्रह गरेकाे हाे ।

यसैबीच एमालेले निर्वाचन आचारसंहिताकाे केही बुँदामा असहमति व्यक्त गरेकाे गरेकाे छ । आचारसंहिताकाे दफा ५ मा प्रधानमन्त्री र मन्त्रीहरूले चुनावी प्रचार नै गर्न नपाउने कानुन लोकतन्त्रका लागि सुहाउँदो नभएकाले भविष्यमा यस्ता व्यवस्था परिवर्तन हुनुपर्नेमा आयोगको ध्यानाकर्षण गराएको एमालेका महासचिव पोखरेलले जानकारी दिएका छन् ।

यस्तै चुनावको प्रचारप्रसार खर्चिलो नबनाउन सामाजिक सञ्जालको प्रयोग बढाउनुपर्ने र आयोगले पनि यो विषयमा विचार पुर्‍याउनुपर्नेमा एमालेले जोड दिएको छ । एमाले महासचिव पोखरेल, उपमहासचिव रिमालसहित आयाेग पुगेको टोलीले निर्वाचन आचारसंहिताका यी ६ वटा विषयमा असहमति राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे