राप्ती गाउँपालिका चेम्बर अफ कमर्सद्वारा २०७९ सालको क्यालेन्डर विमोचन



राप्ती गाउँपालिका चेम्बर अफ कमर्सद्वारा २०७९ सालको क्यालेन्डर विमोचन

सिसहनियाँ २४ चैत । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले नयाँ वर्ष २०७९ सालको क्यालेन्डर बिमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । चेम्बरको आफ्नै कार्यालय राप्ती गाउँपालिका ५ सिसहनियाँमा आज उक्त क्यालेन्डर बिमोचन तथा शुभकामना आदान– प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

चेम्बरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता सो कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरूले २०७८ साल जे जस्तो रहे पनि २०७९ सालको आगमन सँगै स्थानीय तहको निर्वाचन पनि नजिकिँदै गरेकाले हाम्रोलाई भन्दा राम्रो योग्य उम्मेदवार छान्न सुझाव समेत दिएका थिए ।

चेम्बरका प्रथम उपाध्यक्ष नेमलाल बेल्वासे ( मनु) को स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, ५ नम्बर वडा अध्यक्ष गोवर्धन रावत, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शान्तराज शर्मा, प्रहरी चौकी सिसहनियाँका प्रमुख कुमार केसी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता, प्रमुख समाचार बाचिका अंशु बोहरा, चेम्बरका सल्लाहकारहरू तुलसी प्रसाद गौतम, गोविन्द कुवर, चित्रबहादुर खत्री, मधु सुवेदी, चेम्बरका महासचिव शेषकान्त आचार्य।

सचिव बसन्त कुवर क्षेत्री, सदस्य युद्धबहादुर भुसाल, सियाराम चौधरी, जितेन्द्र गुप्ता लगायतका वक्ताहरुले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे